आन्तरिक ऋण उठाएर खर्च धान्दै सरकार, एक नेपालीको टाउकाेमा ८२ हजार ऋण

आन्तरिक ऋण उठाएर खर्च धान्दै सरकार, एक नेपालीको टाउकाेमा ८२ हजार ऋण

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। आठ महिनामा सरकारले सवा २ खर्ब ऋण लिएको छ। चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सरकारले २ खर्ब १८ अर्ब ८६ करोड ६५ लाख रुपैयाँ ऋण ल्याएको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सात महिनामा १ खर्ब ६३ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ। तर, बाह्य तर्फ ५५ अर्ब ५५ करोड ६५ लाख रुपैयाँ रहेको छ।

सरकारले फागुनमा मात्रै १३ अर्ब आन्तरिक ऋण उठाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। फागुनमा बाह्य ऋण भने १ अर्ब ८६ करोड ९७ लाख रुपैयाँ मात्रै छ।

मासिक आँकडा अनुसार सरकारले औसतमा २७ अर्ब ३६ करोड ऋण उठाएको देखिन्छ। फागुनमा मात्रै सरकारले कुल १४ अर्ब ८६ करोड ९७ लाख, माघ २४ अर्ब १० करोड ३६ लाख, पुसमा ३३ अर्ब ९५ करोड २५ लाख रुपैयाँ ऋण उठाएको थियो।

यस्तै, गत मंसिरमा २९ अर्ब ९३ करोड ५६ लाख, कात्तिकमा ३ अर्ब २ करोड ९७ लाख, असोजमा ६० अर्ब ५७ करोड २९ लाख, भदौमा ३६ अर्ब ६२ करोड ४१ लाख र साउनमा १५ अर्ब ७७ करोड ८४ लाख रुपैयाँ ऋण लिएको थियो ।

यस्तै चालु आवको ८ महिनामा सरकारले १ खर्ब ७५ अर्ब ५१ करोड बढी ऋण तिरेको छ। समिक्षा अवधिमा सरकारले १ खर्ब ४६ अर्ब ६४ करोड ७४ लाख रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ।

सो अवधिमा २८ अर्ब ८६ करोड ७४ लाख रुपैयाँ बाह्य ऋण तिरेको तथ्याङ्क छ । जसमध्ये आन्तरिक ऋण तर्फ सावाँ १ खर्ब २ अर्ब ९७ करोड १६ लाख र बाह्यक तर्फको सावाँ २३ अर्ब ६ करोड रहेको छ।

आन्तरिक र बाह्य ऋणको ब्याज मात्रै ८ महिनामा ४९ अर्ब ४७ करोड ५७ लाख रुपैयाँ भुक्तानी गरेका छ। आन्तरिक ऋणको ब्याज ४३ करोड ६७ करोड र बाह्य ऋणको ५ अर्ब ७९ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको हो ।

कार्यालयका अनुसार फागुनमा मात्रै सरकारले आन्तरिक ऋण तर्फको १६ अर्ब ५३ करोड, माघमा ३६ अर्ब ५५ करोड, पुसमा २३ अर्ब, मंसिरमा ५ अर्ब १७ करोड, कात्तिकमा ८ अर्ब ८३ करोड, असोजमा १४ अर्ब ९४ करोड, भदौमा १५ अर्ब ७६ करोड र साउनमा २५ अर्ब ८४ करोड रुपैयाँ सावाँ तथा ब्याज भुक्तानी गरेको छ ।

हाल नेपालको कुल सार्वजनिक ऋण झन्डै २४ खर्ब पुगेको छ। फागुन मसान्तसम्म आइपुग्दा नेपालको सार्वजनिक ऋणको दायित्व २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ पुगेको छ ।

कुल तिर्न बाँकी ऋण रकममा आन्तरिक तर्फ ११ खर्ब ८५ अर्ब ५२ करोड ६६ लाख र बाह्य तर्फ १२ खर्ब २ अर्ब ७३ करोड ७७ लाख रुपैयाँ रहेको छ। नेपालको सार्वजनिक ऋण महिनापिच्छे बढेको छ ।

यस्तै, बाह्य तर्फ पनि गत साउनमा १ अर्ब ९० करोड, भदौमा ४ अर्ब ३६ करोड, असोजमा ४ अर्ब ८८ करोड, कात्तिकमा ५ अर्ब ११ करोड, मंसिरमा ५ अर्ब २८ करोड, पुसमा १ अर्ब ४६ करोड, माघमा २ अर्ब ११ करोड र गत फागुनमा ३ अर्ब ७३ करोड रुपैयाँ सावाँ तथा ब्याज भुक्तानी गरेको छ ।

गत माघ मसान्तसम्ममा तिर्न बाँकी कुल ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड २७ लाख रुपैयाँ रहेको थियो। विशेषगरि नयाँ ऋण थपिएसँगै कुल ऋणको भार बढेको छ।

हाल एक नेपालीको भागमा ८२ हजार रुपैयाँ ऋणको भार छ। मासिक आँकडा अनुसार सरकारले औसतमा २७ अर्ब ३६ करोड ऋण उठाएको देखिन्छ।

Logo