आरबी डायमण्ड ज्वेलर्सले वार्षिकोत्सवकाे अवसरमा लोगो र ब्रान्ड एम्बेसडर घोषणा गर्ने

आरबी डायमण्ड ज्वेलर्सले वार्षिकोत्सवकाे अवसरमा लोगो र ब्रान्ड एम्बेसडर घोषणा गर्ने

केन्द्रबिन्दु
182
Shares

आरबी डायमण्ड ज्वेलर्सले नयाँ लोगो सार्वजनिक, नयाँ ब्रान्ड एम्बेसडरको घोषणा र भव्य ज्वेलरी रनवेको साथ २७औं वार्षिकोत्सव मनाउने भएको छ।

आरबी डायमण्ड ज्वेलर्स हीरा र गहनाको क्षेत्रमा आफ्नो कलाकृति, उत्कृष्ट गुणस्तर र सम्पदा-प्रेरित डिजाइनका लागि प्रख्यात छ। हिराको दुनिँपामा नेपालकै अग्रपंतिमा रहेको आरबी डायमण्ड ज्वेलर्सले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरुको घोषणा गर्न पाउँदा गर्व महशुस गरेकाे कम्पनीले जनाएकाे छ ।

हीरा आभूषणको यो पात्रामा उत्कृष्टता र नवीनताको एक महत्वपूर्ण कोसेढुङ्गा साबित भएको आरबी डायमण्ड ज्वेलर्सले नयाँ लोगोको सार्वजनिक गर्ने भएको छ। कार्यक्रममा आरबीले रि-डिजाईन्ड लोगो सार्वजनिक गर्नेछ जुन आरबी डायमण्ड ज्वेलर्सको जरा र आधुनिक कलेक्सन्सको मास्टरपिस हुनेछ।

हिरामा गोलाकार आकारको जराजस्तै देखिने रेखाहरू आरबी डायमण्ड ज्वेलर्सका दिवंगत संस्थापक रमेश महर्जनको पृष्ठभूमिको एक प्रतीक हो। यो एक सामान्य किसानबाट हीराको दुनिँया र उत्कृष्टतामा उनको उद्यमशीलता झल्काउने यात्रा हो।

आरबी डायमण्डका हिराको सजावटले उच्च गुणस्तर झल्को दिन्थ्यो, दिन्छ र सदैव दिनेछ । पुन: डिजाइन गरिएका लोगोले आरबी डायमण्डको शिल्प कौशल, सुन्दरता र गहिरो जरा रहेको सम्पदाप्रतिको प्रतिबद्धता झल्काउँछ। परम्परा र आधुनिकताको मिश्रणसहितको लोगोको जटिल डिजाइनले ब्रान्डको समृद्ध इतिहास र भविष्यको लागि यसको दर्शनलाई समेट्छ।

नयाँ लोगो सार्वजनिकको साथसाथै, आरबी डायमण्डले रेहान श्रेष्ठलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गर्नेछ । चर्चित कन्टेन्ट क्रिएटर, डिजाइनर र नेपालको फेसन उद्योगका प्रमुख व्यक्तित्व श्रेष्ठले ब्रान्डमा आफ्नो नयाँ दृष्ट्रिकोण र शैली ल्याउनेछन् भन्नेमा आरबी विश्वस्त छ । आरबी डायमण्डसँग श्रेष्ठको साझेदारीले उद्योगमा अझै उक्कृष्टसँग काम गर्न ब्रान्डलाई प्रेरित गर्नेछ । आरबीसँगको उनको सहकार्यले रचनात्मकता तथा नवीनताप्रतिको प्रतिबद्धतालाई जनाउनेछ। आरबी डायमण्डका लागि नयाँ ब्रान्ड एम्बेसेडर हुने भएका रेहानले ब्रान्डमा नयाँ धारणहरु भित्र्याउने छन र उनको अनुभव र भिजनले आरबी डायमण्ड झनै निखारिनेछ भन्नेमा ढुक्क रहेकाे कम्पनीले जनाएकाे छ ।

आरबी डायमण्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जन भन्छन्,’हामी हाम्रो नयाँ लोगो सार्वजनिक गर्न पाउँदा श्री रेहान श्रेष्ठलाई हाम्रो ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गर्न पाउँदा र हाम्रो २७ औं वार्षिकोत्सवलाई यस्तो रोमाञ्चक कार्यक्रमका साथ मनाउन पाउँदा हर्षित छौँ।’

Logo