परिष्कृत सुरक्षासहित सामसङकाे ग्यालेक्सी ए–५५ र ए–३५ सार्वजनिक, यस्ताे छ मूल्य

परिष्कृत सुरक्षासहित सामसङकाे ग्यालेक्सी ए–५५ र ए–३५ सार्वजनिक, यस्ताे छ मूल्य

केन्द्रबिन्दु
210
Shares

सामसङ इलेक्ट्रोनिक्सले परिष्कृत सुरक्षासहित नेपाली बजारमा ग्यालेक्सी ए–५५ र ग्यालेक्सी ए–३५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ।

दुवै फोनमा ‘सामसङ नक्स भल्ट’जस्ता उच्च सुरक्षा सुविधासहित नयाँ फोटोग्राफी र भिजन बुस्टर तथा प्रयोगकर्ताको परिवेशअनुरूप समायोजन हुने शानदार डिस्प्ले रहेको कम्पनीले जनाएको छ।

ग्यालेक्सी ए–५५ र ग्यालेक्सी ए–३५ दुवैमा अविश्वसनीय फोटोग्राफी क्षमताहरू छ। यसमा ‘अप्टिकल इमेज स्टेबिलाइजेसन’ र ‘भिडियो डिजिटल इमेज स्टेबिलाइजेसन’जस्ता सुविधाहरू समावेश छन्। यी नयाँ उपकरणहरूले ग्यालेक्सी ए सिरिजको रमाइलो र इमर्सिभ मोबाइल अनुभवहरू सबैका लागि पहुँचयोग्य बनाउने क्रमलाई पनि जारी राखेको छ।

“हामीले ग्यालेक्सी ए सिरिजमार्फत हाम्रा नवीनतम प्रविधिहरूलाई अझ बढी ग्राहकहरूका लागि पहुँच योग्य बनाउने लक्ष्य राखेका छौं, ताकि धेरैले यसको सुविधाहरूको आनन्द लिन सकुन् ।” सामसङ नेपालका आइएम बिजनेसका निर्देशक प्रणय रत्न स्थापितले भने, “यस वर्ष ग्यालेक्सी ए सिरिजभित्र थप सम्भावनाहरू उजागर गर्न पाउँदा हामी उत्साहित छौं, यस लाइनअपमा पहिलोपटक ग्यालेक्सी नक्स भल्ट प्रस्तुत गर्दैछौं । ग्यालेक्सी ए सिरिजका प्रयोगकर्ताहरूलाई सुरक्षित र निरन्तररूपमा असाधारण मोबाइल अनुभवहरू प्रदान गर्न पाउँदा हामी गर्व गर्छौं ।”

ग्यालेक्सी ए–५५ र ग्यालेक्सी ए–३५ दुवैमा ६.५ इन्च स्क्रिन छ र ग्यालेक्सी ए–३५ को भिजन बुस्टरले गर्दा प्रकाशको विभिन्न अवस्थामा पनि दृश्य तथा फोटो सफा र उज्यालो देखिन्छ।

इन्स्टा फाइनान्सको साथसाथै, ग्राहकहरूले आफ्नो कुनै पनि पुरानो डिभाइस एस्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी ए–५५ र ग्यालेक्सी ए–३५ लिन सक्नेछन् । यस सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको ए, एम एस, एन वा जेड सिरिज र कुनै पनि सी ब्रान्ड स्मार्टफोनको मूल्यांकनमा थप रु. २,५०० बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी जे सिरिजका स्मार्टफोन एक्सचेन्ज गर्दा रु १,५०० बोनस पाउनेछन्।

अत्याधुनिक सुविधाहरू भरिपूर्ण भए पनि Galaxy A55 5G छन् र Galaxy A35 5G ले प्रतिस्पर्धी मूल्य बिन्दुमा उच्च प्रविधि उपलब्ध गराउने सामसङको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । 8/128GB को उच्च प्रविधि प्रदान गर्दै Galaxy A35 5G छन् को प्रतिस्पर्धी मूल्य रु. ४६,९९९ र 8/256GB को प्रतिस्पर्धी मूल्य रु. ५१,९९९ निर्धारण गरिएको छ । यसैगरी 8/256GB को उच्च प्रविधि प्रदान गर्दै Galaxy A55 5G को बजार मूल्य रु. ६२,९९९ र 12/256GB को प्रतिस्पर्धी मूल्य रु. ६७,९९९ निर्धारण गरिएको छ । यी फोनहरुमा २५ वाटको सक्कलीे सामसङ चार्जर पनि निःशुल्क प्रदान गरिने कम्पनीले जनाएकाे छ ।

Logo