काठमाडौंको थ्रिडी भ्यू देख्नेगरी पुतलीसडकमा खुल्यो सिप एण्ड स्किप रेस्टुरेन्ट

काठमाडौंको थ्रिडी भ्यू देख्नेगरी पुतलीसडकमा खुल्यो सिप एण्ड स्किप रेस्टुरेन्ट

केन्द्रबिन्दु
84
Shares

काठमाडौंको थ्रिडी भ्यु देख्न सकिने गरी पुतलीसडकमा सिप एण्ड स्किप रेस्टुरेन्ट सञ्चालनमा आएको छ । पुतलीसडकस्थित केआईईसी भवनको पाँचौं तलामा उक्त रेस्टुरेन्ट हालै सञ्चालनमा आएको हो ।

केआईईसीका प्रवन्धनिर्देशक राजेन्द्र रिजालका अनुसार सिप एण्ड स्किपमा पार्टी भेन्युसहित गोप्य मिटिङ हलको समेत व्यवस्था गरिएको बताइएको छ । उक्त रेस्टुरेन्टबाट स्वादिष्ट परिकार लिँदै काठमाडौंको रमणीय दृश्यसमेत देख्न सकिने भएकाले धेरैको रोजाई बन्ने रिजालको विश्वास छ । जहाँबाट धरहरा क्षेत्रका गतिविधि सहजै नियाल्न सकिन्छ। रेस्टुरेन्टबाट होम डेलिभरीको व्यवस्था पनि गरिएको छ ।

रेस्टुरेन्टमा पुग्ने ग्राहकले परम्परागत मौलिक र आधुनिक शैलीको फ्युजन महसुस गर्न सक्नेछन् । विदेशबाट आयात गरिएका काठका मुडालाई जोडेर बनाइएको टेबुलहरुले रेस्टुरेन्टलाई झन् आकर्षक बनाएको छ भने दिनभरको कामको थकान मेटाउन र फ्रेस हुन सिप एण्ड स्किप उचित गन्तब्य हुने विश्वास लिइएको छ । यसले काठमाडौंको कोलाहललाई पनि बिसाईदिन्छ ।

Logo