जुम ब्यूटी एकेडेमीले भव्य रुपमा मनायो २२औँ वार्षिकोत्सव

जुम ब्यूटी एकेडेमीले भव्य रुपमा मनायो २२औँ वार्षिकोत्सव

केन्द्रबिन्दु
147
Shares

जुम ब्यूटी एकेडेमी स्थापनाको २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । यहि अवसरमा एकेडेमीले सोमबार बबरमहलस्थित कार्की ब्याङकेटमा २२औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ।

चर्चित नायिका तथा एकेडेमीकी ब्राण्ड एम्बेस्डर केकी अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित २२औँ वार्षिकोत्सव कार्यक्रममा जुमका निर्देशक कृशप तनाबासु र संस्थापक जुनु चक्रधरले आफ्ना कर्मचारीहरुलाई आफूहरुसँग सहकार्य गरेर अगाडि बढेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तो साथ र सर्पोटको आसा गरेको बताए ।

हालसम्म जुमका १२ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । एकेडेमीले कुपन्डोल, भक्तपुर, महाराजगञ्ज, कलंकी, तीनकुने, बौद्ध, बनेपा, गोंगबु, बालाजु, ग्वार्खो, स्वयम्भू र कौशलटारमा शाखा सञ्चालन गरेर सेवा दिँदै आएको छ। एकेडेमीले वार्षिकोत्सवका अवसरमा वर्षकै उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार र अवार्ड दिँदै सम्मान समेत गरेको थियो ।

Skip This
Skip This
Logo