सीजी ब्रान्डद्वारा अन्तर्क्रियात्मक डिजिटल बोर्डकाे सुरुवात

सीजी ब्रान्डद्वारा अन्तर्क्रियात्मक डिजिटल बोर्डकाे सुरुवात

केन्द्रबिन्दु
98
Shares

नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स र घरेलु उपकरण ब्रान्ड सीजीले शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरूको लागि आफ्नो नवीनतम अन्तर्क्रियात्मक डिजिटल बोर्ड अथवा स्मार्ट बोर्डकाे शुरु गरेको छ। अन्तर्क्रियात्मक डिजिटल बोर्डहरू ठूला साईजमा भएकाले कुनै कुराहरु प्रदर्शन गर्न र सिक्ने सिकाउने उपकरणको रूपमा प्रयोग गर्न सकिने कम्पनीकाे भनाई छ ।

अन्तर्क्रियात्मक डिजिटल बोर्डको क्षेत्र निरन्तर विकसित हुँदैछ । नयाँ प्रविधि र आविष्कारहरू सधैं नै भइरहेको छ। यो एक रोमाञ्चक र गतिशील हुनुका साथै विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, कर्पोरेट अफिस, अस्पतालहरू जस्ता क्षेत्रमा निकै नै लाभदायक हुन्छ । अन्तर्क्रियात्मक डिजिटल बोर्डलाई काम गर्न सजिलो र सबैका लागि पहुँचयोग्य बनाउन सके यो सबै क्षेत्रहरूको लागि उपयुक्त वस्तु प्रमाणित हुन सक्ने कम्पनीले विश्वास लिएकाे छ ।

इन्टरएक्टिभ डिजिटल बोर्डलाई कम्प्युटर र अन्य उपकरणहरूमा जडान गरिएको छ भने, प्रयोगकर्ताहरूलाई जानकारी प्रदर्शन गर्न र त्यही समयमा त्यससंग अन्तरक्रिया गर्न पनि सकिन्छ । बोर्डमा फाेरके रिजोल्युसन, वायरलेस स्क्रिन टच, एन्ड्रोइड १३ ओएस, बिल्ट–इन क्यामेरा र माइकहरु जस्ता विभिन्न सुविधाहरू सहित ६५, ७५ र ८६ इन्चमा उपलब्ध छन्।

यो स्मार्ट बोर्ड विशेष गरी कक्षा कोठा, बोर्ड रुम, मिटिड्ड हल र घरमा पनि उपयोगी छ, जहाँ प्रयोगकर्ताहरूले दृश्यात्मक रूपमा गतिशील तरिकामा विचार–विमर्श गर्न, प्रस्तुत गर्न र सहकार्य गर्न सक्दछन्। रिमोट लर्निङसग मिल्दो, अन्तरक्रियात्मक डिजिटल बोर्डले माइक्रो सफ्ट टिम, गुगल मिट, स्काइप र जुम जस्ता प्रविधियुक्त कुराहरु संग सजिलै जोडिन सक्दछ।

यो उत्पादन नेपालभरका सबै सीजी ब्रान्डका आधिकारीक आउटलेटहरूबाट प्राप्त गर्न सकिन्छ। थप विवरणहरू प्राप्त गर्न ग्राहकहरूले सीजी ब्रान्डको आधिकारिक वेबसाइट र यसको आफ्नै इ–कमर्स प्लेटफर्मबाट लिन सकिने कम्पनीले जनाएकाे छ ।

Logo