आईएमई मोटर्सले एकैपटक बेच्याे अशोक लेल्यान्डका १० बस

आईएमई मोटर्सले एकैपटक बेच्याे अशोक लेल्यान्डका १० बस

केन्द्रबिन्दु
36
Shares

नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक वितरक आईएमई मोटर्स प्रालिले अशोक लेल्यान्डका १० वटा बस एकैपटक सगरमाथा यातायात प्रालिलाई बिक्री गरेको छ ।

एक कार्यक्रमबीच आईएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिक र सहारा अटोमोबाइल्स प्रालिका अध्यक्ष महेन्द्रकुमार गिरीले संयुक्त रुपमा सगरमाथा यातायात प्रालिका अध्यक्ष नवीन कोइरालालाई बसको चाबी हस्तान्तरण गरेका हुन् । सबै बस झापाको बिर्तामोडस्थित सहारा अटोमोबाइल्स प्रालिबाट बिक्री गरिएको हो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पुराणिकले पछिल्लो समय अशोक लेल्यान्डका सवारी विश्वासिलो, भरपर्दो र मजबुत रहेका कारण यातायात व्यवसायीको रोजाइमा पर्दै गएकोमा खुशी व्यक्त गरे ।

त्यस्तै, सहारा अटोमोबाइल्सका अध्यक्ष गिरीले अहिले सहारा अटोमोबाइल्स प्रालिबाट सबै सेवा उपलब्ध हुने भएकाले व्यवसायीले यो कम्पनीका गाडी खरिदमा रुचि देखाएको बताए ।

साथै कम्पनीबाट खरिद गरिएका तीन वटा ट्रकका चाबी पनि सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको थियो । कोहिनुर ढुवानी सेवाका हेमराज अधिकारी, हाम्रो ढुवानी सेवाका पदम श्रेष्ठ र पूर्वेली ढुवानी सेवाका लय प्रसाद प्रसाईलाई ट्रकको चाबी हस्तान्तरण गरिएको थियो ।

Skip This
Skip This
Logo