जिरो इन्जिनियरिङद्वारा काठमाडौंबाट सौराहासम्मकाे राइड आयोजना

जिरो इन्जिनियरिङद्वारा काठमाडौंबाट सौराहासम्मकाे राइड आयोजना

केन्द्रबिन्दु
70
Shares

जिरो इन्जिनियरिङ मोटरसाइकलले काठमाडौंबाट चितवनकाे सौराहासम्मको राइड आयोजना गर्ने भएको छ । कम्पनीले विद्यालयको लागि च्यारिटी र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने हेतुले सौराहासम्मको राइड गर्न लागेको हो ।

काठमाडौँबाट बाइरोड़को बाटो दामन हेटौंडा हुँदै सौराहासम्म हुने उक्त राइड आगामी शुक्रबारदेखि आइतबारसम्म हुनेछ ।

चितवनको राप्ती नगरपालिका–३ मा रहेको जनज्योति आधारभूत विद्यालय धमिलीलाई सहयोग गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएकाे हाे । सो राइडमा १०० जना भन्दा बढीको सहभागिता रहने कम्पनीले जनाएको छ । सो राइडमा भाग लिने सवारीहरूले नेपालका अद्भुत प्राकृतिक दृश्यहरू, सांस्कृतिक विविधता र स्थानीय जीवनशैलीको अनुभव गर्ने अवसर पाउँछन्।

Logo