नेपाल निर्जीवन बीमा ब्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित

नेपाल निर्जीवन बीमा ब्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा ब्यवसायी संघको अध्यक्षमा राजेन्द्र मल्ल निर्वाचित भएका छन्। प्रभु इन्स्योरेन्सबाट प्रतिनिधित्व गर्दै मल्ल अध्यक्ष्मा निर्वाचित भएका हुन्।

त्यस्तै, उपाध्यक्षमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सबाट मनोहर दास मुल, महासचिवमा हिमायलन एभरेस्ट इन्स्योरेन्सबाट महेन्द्र कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा नेको इन्स्योरेन्सबाट रमेश कुमार निरौला चुनिएका छन्।

साथै, सदस्यहरुमा युनाईटेड अजोड इन्स्योरेन्सबाट आजाद श्रेष्ठ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट पवन अग्रवाल र सानिमा जनरल इन्स्योरेन्सबाट कुनाल कयाल चुनिएका छन्।

Logo