राष्ट्र बैंकले आज ५० अर्ब तरलता तान्दै

राष्ट्र बैंकले आज ५० अर्ब तरलता तान्दै

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबार ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत १४ दिनका लागि ५० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ। यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीमार्फत तरलता तानिरहेको छ।

चैत ३ गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको निक्षेपको आकार ६१ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। तर सोही अवधिमा बैंकहरूले गरेको कर्जा लगानी भने जम्मा ५० खर्ब ८० अर्ब रुपैयाँ हारहारी मात्र देखिन्छ।

अन्तर बैंक ब्याजदर २.७३ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.३२ प्रतिशतमा झरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्जा/निक्षेप अनुपात (सीडी रेसिया) ७९.७१ प्रतिशत मात्र कायम गरेका छन्। यसो हुँदा हाल बैंकहरूसँग ६ खर्बमाथि लगानी योग्य पूँजी (तरलता) रहेको बुझिएको छ।

Skip This
Skip This
Logo