उद्योगहरु चलायमान र नाफामुलक बनाउन कार्ययोजना बनाइने

उद्योगहरु चलायमान र नाफामुलक बनाउन कार्ययोजना बनाइने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । देशमा सञ्चालित उद्योगहरुलाई नाफामुलक बनाउन उद्योग समितिले कार्ययोजना बनाउने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समिति सभापति अब्दुल खानले उद्योगहरुलाई चलायमान बनाई नाफामुलक बनाउन कार्ययोजना बनाउन आवश्यक रहेको र सो प्रक्रिया अगाडि बढाउने बताए ।

त्यस्तै, समितिको बैठकमा अद्योगमन्त्री दामोदर भण्डारीले नेपाली उद्योगको वर्तमान अवस्था एकदमै निराशा जनक रहेको बताएका छन् ।

समितिको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा मन्त्री भण्डारीले नेपालका उद्योगहरु साधारण सभा गर्नसक्ने स्थितिमा समेत नरहेको उल्लेख गर्दै यसको सुधार नै सरकारको प्राथमिकतामा रहेको उल्लेख गरे ।

उनले भने, ‘नेपालको उद्योग क्षेत्रको वर्तमान अवस्था एकदमै निरनशा जनक रहेको छ । कुनै कुनै उद्योगहरु साधारण सभा पनि गर्न नसक्ने स्थितिमा छन् । यसको सुधार नै सरकारको प्राथमिकता हो । उद्योग क्षेत्रलाई चलायमान बनाउने कुरामा समितिले गरेको निर्देशनको कार्यान्वयन गर्न मन्त्रालयमा छलफल गरेर निर्णय गर्छौं ।’

नेपालको वर्तमान उद्योगको स्थिति र चलायमान बनाउनुपर्ने माग गर्दै समितिमा बोलाइएका मन्त्री भण्डारीलाई सांसदहरुले सुझाव र प्रश्न सोधेका थिए ।

Logo