एनआरएनको लगानी भित्राउन आवश्यक कानूनी संशोधनका लागि सरकार तयार छः उद्योगमन्त्री भण्डारी

एनआरएनको लगानी भित्राउन आवश्यक कानूनी संशोधनका लागि सरकार तयार छः उद्योगमन्त्री भण्डारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्राउन आवश्यक सबै नीति र कानूनमा संशोधनका लागि सरकार तयार रहेको बताएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूसँगको भेटमा मन्त्री भण्डारीले नेपालमा लगानीका लागि उचित वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेका हुन्।

त्यसका लागि आवश्यक नीति र कानूनहरूमा संशोधन गरेर बातावरण तयार गर्न समेत सरकार तयार रहेको उनको भनाइ थियो।‘नेपालमा सुरक्षित लगानीको वातावरण छ, तपाईंहरुले आफ्नो लगानी ल्याउन सक्नुपर्यो,’ भेटमा मन्त्री भण्डारीले भनेका थिए।

नेपालमा लगानी गरेर मुनाफा लिन सक्ने वातावरण बनिसकेको दाबी गर्दै मन्त्री भण्डारीले बढी भन्दा बढी लगानी भित्राउन गैरआवासीय नेपालीहरुले जोड दिनुपर्ने बताए। सरकारले आयोजना गर्ने लगानी शिखर सम्मेलनमा गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो।

Logo