कुमारी र प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

कुमारी र प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। शुक्रबार दुई वाणिज्य बैंकहरू कुमारी बैंक र प्रभु बैंकले संस्थापक शेयर बिक्री गर्दैछन्। कुमारी बैंकले २० हजार कित्ता र प्रभु बैंकले ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएका हुन्।

दुबै बैंकको उल्लेखित कित्ता शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन पेश गर्न सक्नेछन्। आगामी ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरूले कुमारी बैंकको शेयर खरिदका लागि बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ।

प्रभु बैंकको शेयर खरिदका लागि भने केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्नुपर्ने बैंकले जनाएकाे छ।

Logo