अब प्रत्येक महिना सय मेगावाट विद्युत उत्पादन हुनेछः मन्त्री बस्नेत

अब प्रत्येक महिना सय मेगावाट विद्युत उत्पादन हुनेछः मन्त्री बस्नेत

केन्द्रबिन्दु
12
Shares

काठमाडौं। उर्जामन्त्री शक्तिबहादुर बस्नेतले संघीयता र गणतन्त्र आएपछि देशमा केही पनि राम्रो कामै भएन भन्ने आम मानसिकतालाई चिर्नुपर्ने बताएका छन्।

उनले यो व्यवस्था आएपछि नै उर्जा क्षेत्रमा तुलनात्मक रुपमा बढी विकास भएको उल्लेख गर्दै आगामी चार महिनाभित्र पाँच सय मेगावट विद्युत उत्पादन हुने दाबी गरेका हुन्।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उर्जामन्त्री बस्नेतले देश खत्तम भयो, विकास नै भएन र नेपालमा केही पनि सम्भावना छैन भन्ने युवा मानसिकतालाई चिर्नुपर्ने बताए।

व्यवस्था परिवर्तनसँगै गणतन्त्र स्थापना पछि सकारात्मक परिवर्तनहरु भैरहेको बताएका उनले उर्जा क्षेत्रमा पछिल्लो समय राम्रो प्रगती भएको उल्लेख गरे।

१९६८ सालदेखि २०४६ सालसम्म २५० मेगावाट,२०४७ देखि २०६३ सम्म ५०० मेगावाट जलविद्युत उत्पादन भएकोमा ०६४ देखि हालसम्म २९ सय मेगावाट विद्युत उत्पादन गरेको र नेपालमा सकारात्मक रुपमा विकास भइरहेको भन्दै उनले आगामी ४ महिनामा थप ५ देखि ६ सय मेगावाट उर्जा उत्पादन हुने दाबी गरे।

बस्नेतले भने,‘अहिले २९ सय मेगावाट विद्युत उत्पादन भएको छ। अबको तीन देखि चार महिना भित्रमा हामी अर्को ३४ देखि ३५ सय मेगावट विद्युत पुर्याउँदै छौं। त्यसमा ८ सय मेगावाट घटाउने हो भने पनि गणतन्त्र स्थापना पछि मात्रै देशमा २८ सय विद्युत उत्पादन भइसकेको छ।’

नेपालमा उर्जा विकासको तत्थांकलाई हेर्दा अहिले सबैभन्दा धेरै उर्जा उत्पादन भएको धारणा राखेका मन्त्री बस्नेतले उल्लेखित उर्जा उत्पादनको तथ्यले पनि देश बर्बादितिर भन्दा निर्माणतिर गइरहेको बताए। उनले आगामी १२ वर्षमा २८ हजार विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य पूरा हुने जिकिर गरे।

‘हामी २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य राखेर अगाडि बढेका छौं आगामी १२ वर्ष भित्रमा त्यो लक्ष्य हाँसिल हुन्छ’ मन्त्री बस्नेतले भने। प्रत्येक १ हजार मेगावाट विद्युत देशमा उत्पादन हुँदा त्यहाँ ३० हजार नागरिकलाई रोजगारी सिर्जना हुने भनाई उनको छ।

Skip This
Skip This
Logo