१९ सिटे किङलङ ईभी भ्यानको बुकिङ खुला, के छन् विशेषता, कति पर्छ मूल्य ?

१९ सिटे किङलङ ईभी भ्यानको बुकिङ खुला, के छन् विशेषता, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
126
Shares

नेपाली बजारमा १९ सिटे किङलङ ईभी भ्यान अर्थात् माइक्रोबसको बुकिङ खुला भएको छ । किङलङको आधिकारिक वितरक सीजी मोटर्सले उक्त भ्यान नेपाल भित्र्याएसँगै बुकिङ खुलाएको हो ।

कम्पनीले १९ सिटे किङलङ ईभी भ्यानको मूल्य ७८ लाख रुपैयाँ तोकेको छ । किङलङका यो ईभी भ्यान स्कुलसहित छोटो तथा मध्यम दुरीको रुटमा यात्रु बोक्नका लागि उपयुक्त हुने कम्पनीले जानकारी दिएको छ ।

७७.२८ किलोवाट आवरको सीएटीएल ब्याट्रीप्याक उपलब्ध रहेको यस ईभी भ्यानले सिंगल चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज दिनेछ । ९० किलोवाटको मोटर जडान भएको यस भ्यानको ग्राउन्ड क्लियरेन्स २२० एमएमको रहेकोे छ । यसको लम्बाइ ५९९८, चौडाइ १८८५ र उचाइ २२८५ एमएम रहेको छ ।

कम्पनीका अनुसार ड्यासबोर्डमा १२.३ इन्चको स्क्रीन रहेको यो माइक्रोभ्यानको क्याबिनमा एयर कण्डिसन फिचरसमेत रहेको छ । साथै एबीएस, एमपी५, रिभर्स भ्यु क्यामेरा, बजरसहितको रिभर्स पार्किङ सेन्सर, एभीएएस, सेन्ट्रल लकिङलगायतका आधुनिक फिचर रहेको छ । सो ईभी भ्यानमा कम्पनीले ४ लाख किलोमिटर वा ७ वर्षसम्मको मोटर तथा ब्याट्री रिप्लेसमेन्ट वारेन्टी दिएको छ । यो ब्याट्री रिप्लेसमेन्ट वारेन्टी नेपालको अहिलेसम्मकै धेरै रहेको कम्पनीको दाबी छ ।

इलेक्ट्रिक कार नेटा भीलाई बजारमा उतारेर नेपालको अटो बजारमा प्रवेश गरेको सिजी मोटर्सले केवाईसी र लिङलङ ब्राण्डका ईभी आयात गर्दै आएको छ । सीजीले यसअघि किङलङको १४ सिटे माइक्रोभ्यान बिक्री गर्दै आएको थियो । यी भ्यान नेपाली बजारमा धेरै रुचाइएको पाइन्छ भने नेपाली सडकका विभिन्न रुटहरुमा गुडेको देख्न सकिन्छ ।

Logo