ग्लोबल मनि विकमा सांग्रिला डेभलपमेन्ट बैंकका शाखाहरुकाे पनि देशव्यापी सहभागिता

ग्लोबल मनि विकमा सांग्रिला डेभलपमेन्ट बैंकका शाखाहरुकाे पनि देशव्यापी सहभागिता

केन्द्रबिन्दु
56
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयहरुद्वारा देशव्यापी रुपमा ग्लोेबल मनि विक २०२४ को अवसरमा “आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने विश्वव्यापी नारालाई आत्मसाथ गरी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम संचालन गरेको छ ।

बैंकका पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्र लगायतका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए । मार्च १८ देखि शुरु भएको यस साता व्यापी कार्यक्रम मार्च २४ सम्म वित्तीय साक्षरता सम्वन्धि कार्यक्रममार्फत वित्तीय चेतना फैलाउने कार्यक्रम निरन्तर रुपमा संचालनमा रहने बैंकले जानकारी दिएकाे छ ।

हाल यस बैंकले मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएमका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको छ ।

Logo