श्रीराम सुगर मिल्सले आजदेखि उखुको भुक्तानी दिने

श्रीराम सुगर मिल्सले आजदेखि उखुको भुक्तानी दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

उखु किसानले भुक्तानीका आन्दोलन गरिरहेका बेला श्रीराम सुगर मिल्सले पुस ३ गते (आज) देखि भुक्तानी दिन शुरु गर्ने भएको छ । सो उद्योगले आफूले भुक्तानी दिन बाँकी रकम पनि सार्वजनिक गरेको छ ।

सो मिल्सले विहिबार जारी गरेको विज्ञप्तिमा गत आर्थिक वर्षमा खरीद गरिएको उखुमध्ये २५ करोड ९० लाख ५३ हजार पाँच सय पच्चीस भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । सो भुक्तानी पुस ८ गतेभित्र भुक्तानी गरिसक्ने प्रतिबद्धता पनि सो उद्योगले गरेको छ ।

Logo