अभिनेत्री सुरक्षा पन्तद्वारा नयाँ सिजी चिम्नी र इमर्जेन्सी बल्ब अनावरण

अभिनेत्री सुरक्षा पन्तद्वारा नयाँ सिजी चिम्नी र इमर्जेन्सी बल्ब अनावरण

केन्द्रबिन्दु
42
Shares

चौधरी ग्रुप अन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इ.ओ.एल. प्रा.लि.ले नयाँ सि.जी. चिम्नी र एल.ई.डी. बल्बको अनावरण गरेको छ ।

आफ्नोे ब्रान्ड एम्बेसडर अभिनेत्री सुरक्षा पन्त र विशिष्ट डिलरहरूको उपस्थितिमा काठमाडौंमा भएको एक कार्यक्रमबीच कम्पनीले नयाँ सि.जी. चिम्नी र एल.ई.डी. बल्बको अनावरण गरेको हाे । सि.जी. ब्रान्डका चार नयाँ मोडलका चिम्नीहरूः सिजीसिटी९०एफएलडिसी, सिजीसिटी७५एफएलडिसी, सिजीसिटी९०डिबीडिएक्स/सिजीसिटी७५वाइसी आधिकारिक रूपमा अनावरण गरिएको छ ।

एचएसी फिल्टरलेस सिरिजमा ९० से.मी. र ७५ से.मी.मा उपलब्ध छ । १२५० m3/hr को उच्च सक्शन पावर, अटो क्लिन टेक्नोलोजी र मोसन सेन्सर, उत्कृष्ट फिचर भएको चिम्नी, २६ हजार ५ सय ९० र २५ हजार ७ सय ९० क्रमशः उपलब्ध छन् ।

एचएसी फिल्टर श्रृंखलामा, सिजीसिटी९०डिबीडिएक्सको लोकप्रियतालाई निरन्तरता दिँदै सक्शन पावरलाई सिजीसिटी९०डिबीमा अपग्रेड गरेर लन्च गरिएको कम्पनीले जनाएको छ ।

के छन् विशेषताहरु ?

यसमा बाफल फिल्टर, अटो क्लीन टेक्नोलोजी, टेम्पर्ड ग्लास र टच÷मोशन कन्ट्रोल छ । यसको मूल्य २९ हजार १ सय ९० रहेको छ । तीनवटै मोडलहरू उत्कृष्ट छन् र मोटरमा ५ वर्षको वारेन्टीसहित आउँदछन् । अनावरण गरिएको चौथो मोडेल सिजीसिटी७५वाइसी हो । जसको मूल्य रु. २२ हजार ३ सय ९० रहेको छ । यसमा 1250m3/hr, उच्च सक्शन पावर, टच र मोसन कन्ट्रोलसहितको बाफल फिल्टर र ७५ से.मी.मा उपलब्ध छ । यसको मोटरमा २ वर्षको वारेन्टी रहेको छ ।

विद्युतीय सामाग्रीमा, ५ घण्टा ब्याट्री ब्याकअप, द्रुत चार्जिङ, २२०० mAh li–ion ब्याट्री र ≥ ०.५ को उच्च एँ जस्ता उत्कृष्ट सुविधाहरू भएको ९ वाट इमर्जेन्सी बल्ब पहिलो पटक उक्त कार्यक्रममा अनावरण गरिएको छ । यसमा १२ महिनाको वारेन्टी छ र फ्रि होल्डरको साथ आउँछ । बजारको तुलनामा यो बल्ब उज्ज्वल, उल्लेखनीय र उत्कृष्ट दाबी कम्पनीले गरेको छ। मूल्य रु. ७ सय ५० रहेको तोकेको छ ।

सुरक्षा पन्त र सि.जी. इलेक्ट्रिक बिचको सहकार्यले निश्चित रूपमा हाम्रा अन्तिम ग्राहकहरूलाई प्रेरित गर्न र विद्युतीय उपकरणहरू र नवीकरणीय ऊर्जा क्षेत्रमा ब्रान्डको स्थितिलाई बलियो बनाउन मद्दत गर्दै लग्ने कम्पनीको दाबी छ ।
नायिका सुरक्षा पन्त झण्डै एक वर्षदेखि सि.जी. इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर छिन् । सि.जी. अधिकारीले कार्यक्रममा पन्तको उपस्थिति र सहयोगको लागि कृतज्ञता व्यक्त गरेका छन् ।

Logo