पुतलीसडकमा ‘न्यु सिप एण्ड स्किप लाउन्ज एण्ड बार’ सञ्चालनमा

पुतलीसडकमा ‘न्यु सिप एण्ड स्किप लाउन्ज एण्ड बार’ सञ्चालनमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौंको पुतलीसडकस्थित ‘न्यु सिप एण्ड स्किप लाउन्ज एण्ड बार’ सञ्चालनमा आएको छ । शुक्रबार एक औपचारिक कार्यक्रममार्फत उक्त लाउण्ज एण्ड बार पूर्णरुपमा सञ्चालनमा आएको हो ।

पुतलीसडककाे केवाईसी बिल्डिङको सातौं तल्लामा रहेको उक्त लाउन्ज एण्ड बार धादिङ स्थानीय घर भएका र हाल काठमाडौंमा बस्दै आएका टेकलाल श्रेष्ठ र अर्का एक व्यक्तिसँग मिलेर पार्टनरसिपमा सञ्चालनमा ल्याएका हुन् । विगत २५ वर्षदेखि होटल व्यवसायमा नै निरन्तर लाग्दै आएका श्रेष्ठ विदेश जानुभन्दा यही आफ्नै देशमा केही गरौं भनेर होटल सञ्चालन गरेको बताउँछन् ।

स्वस्थ खाना पस्कने हेतूका साथ सञ्चालित उक्त लाउण्ज एण्ड बारमा मल्टिकुजिनका साथसाथै इटालियन र नेपाली खाना पाइन्छ । उस्तै ‘न्यु सिप एण्ड स्किप लाउण्ज एण्ड बार’मा पिज्जा, पास्टा, सेकुवाका विभिन्न परिकार, सिजलरलगायत मल्टिकुजिनहरुको स्वाद लिन सकिन्छ ।

सञ्चालक श्रेष्ठका अनुसार उक्त लाउन्ज एण्ड बारमा हरेक शुक्रबार लाइभ म्युजिकको सुविधा लिन सकिन्छ । तर ग्राहकहरुको माग अनुसार अन्य दिन पनि आवश्यकता परेको खण्डमा अन्य लाइभ म्युजिकको व्यवस्था गरिने सञ्चालक श्रेष्ठले बताउँछन् ।

बिहान ६ बजेदेखि बेलुकी १० बजेसम्म सञ्चालन हुने उक्त लाउण्ज एण्ड बारमा बिहानीको ब्रेक फाष्टदेखि लन्च र बेलुकीको डिनर सबै प्रकारका सेवाहरु उपलब्ध रहेको छ । सञ्चालक श्रेष्ठका अनुसार ‘न्यु सिप एण्ड स्किप लाउन्ज एण्ड बार’ मा सबै वर्गका मानिसहरुले सेवा लिन सक्नेछन् ।

उक्त लाउन्ज एण्ड बारबाट उपत्यकाका रमणीय स्थानहरु ३६० डिग्री एंगलमा देखिने सञ्चालक श्रेष्ठको विश्वास छ ।

Skip This
Skip This
Logo