लिफान इलेक्ट्रिक स्कुटरको नयाँ वर्ष अफर सार्वजनिक

लिफान इलेक्ट्रिक स्कुटरको नयाँ वर्ष अफर सार्वजनिक

केन्द्रबिन्दु
42
Shares

लिफान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक पिनाकल मोटरार्ड प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक अफर ल्याएको छ ।

‘नयाँ वर्षको प्रारम्भ गरौं, लिफान चढेर’ नामक यस अफरअन्तर्गत लिफान इलेक्ट्रिक स्कुटरको खरिदमा ४५ हजार रुपैयाँ सम्मको नगद छुट, जुनसुकै पुरानो पेट्रोलियम बाइक तथा स्कुटरसँगको एक्सचेन्जमा थप मूल्यांकन र सरल फाइनान्सिङ सहितको सुविधा रहेको कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले १ वर्षको वार्षिक कर, निःशुल्क हेल्मेट तथा १ वर्षको फ्री सर्भिसिङ पनि उपलध गराएको छ । यो अफर आगामी २०८१ बैशाख पहिलो सातासम्म लिफान इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले पाउन सक्नेछन् ।

हाल नेपाली बजारमा उपलब्ध रहेको लिफानका ई३, ई४ र ई४ ब्रिङ नामक ३ मोडलका इलेक्ट्रिक स्कुटरको मूल्य क्रमशः ई३ २ लाख ४९ हजार, ई४ ब्रिङ ३ लाख ९ हजार र ई४ ३ लाख १४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Logo