शान्ति र समृद्धिबीचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन अध्यक्ष ढकालकाे आह्वान

शान्ति र समृद्धिबीचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन अध्यक्ष ढकालकाे आह्वान

केन्द्रबिन्दु
42
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले शान्ति र समृद्धिबीचको सम्बन्धलाई आत्मसाथ गर्दै नेपालमा लगानी बढाउन आग्रह गरेका छन् ।

अवैतनिक कन्सुलर कर्प्स नेपाल एशाेसिएशनले आयोजना गरेको लुम्बिनी कन्क्लेभलाइ सम्बोधन गर्दै अध्यक्ष ढकालले विश्व शान्तिको केन्द्र तथा भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा उभिएर शान्ति र समृद्धि बिचको गहिरो सम्बन्धलाई आत्मसाथ गर्न लगानीकर्ता तथा कुटनीतिक समुदायलाई आग्रह गरेका हुन् ।

शान्तिले आवश्यक स्थिरता प्रदान गर्दछ, शान्तिको अवस्थामा व्यवसाय तथा उद्यमहरू डर बिना स्वतन्त्रपूर्वक सञ्चालन हुँदा लगानी, उद्यमशीलता, र आर्थिक वृद्धिका लागि सबैभन्दा राम्रो वातावरण बन्ने भएकाले लुम्बिनीबाट नेपालमा रहेको शान्त वातावरणको उपयोग गर्न लगानीकर्ताहरुलाई आह्वान गरिएको उनले उल्लेख गरे ।

अध्यक्ष ढकालले आउँदो नेपाल लगानी सम्मेलनमा बढि भन्दा बढि लगानीकर्ताहरुलाई सहभागि गराइ लगानी जुटाउन पनि कुटनीतिक समुदायलाई आग्रह गरे । आध्यात्मिक तथा साहसिक पर्यटन, जलविद्युत तथा स्वच्छ उर्जा, कृर्षि प्रशोधन र सूचना प्रविधिका क्षेत्रमा वाह्य लगानीका लागि उदार नीति तथा लगानीमैत्री वातावरण बनाउन सरकार र नीजि क्षेत्रले मिलेर काम गरिरहेकाले पनि आश्वस्त रहन पनि उनले आग्रह गरे ।

नेपाल विकासोन्मुख देशको रुपमा ग्य्राजुएट हुन गइरहेको सन्दर्भमा प्रत्यक्ष विदेशी लगानीका लागि थप अवसरहरु सृजना भएकाले यसको उपयोग गर्न पनि सम्मेलन उपयुक्त मन्च रहने पनि अध्यक्ष ढकालले उल्लेख गरे ।

Logo