नेटा भीले पायो ‘बेस्ट ईभी सब-कम्प्याक्ट ह्याचब्याक’ अवार्ड

नेटा भीले पायो ‘बेस्ट ईभी सब-कम्प्याक्ट ह्याचब्याक’ अवार्ड

केन्द्रबिन्दु
56
Shares

काठमाडाैँ। नेटा भीले थाइल्यान्ड कार अफ द इयर अवार्ड समारोहमा ‘बेस्ट ईभी सब–कम्प्याक्ट ह्याचब्याक’ अवार्ड पाएको छ। नेटा भीले यो अवार्ड दोस्रो पटक पाएको हो ।

थाइ बजारमा सन् २०२२ को अगस्तमा नेटा भी औपचारिक रुपमा प्रवेश गरेको थियो। टचेबल स्मार्ट ईभी कन्सेप्टबाट प्रवेश गरेको नेटा भीका हाल थाइल्यान्डमा १४ हजार भन्दा बढी ग्राहक छन्।

ग्रान्ड प्रिक्स इन्टरनेसनल पब्लिक कम्पनीले प्रदान गर्ने कार अफ द इयर अवार्ड विभिन्न क्षेत्रका व्यक्तिहरु सम्मिलित कमिटीले छनोट गरेका कारलाई प्रदान गरिन्छ। थाइल्यान्डको अटोमोटिभ व्यवसाय र उद्योगलाई प्रवद्र्धन गर्न सहयोग गर्ने कारलाई सो अवार्ड प्रदान गरिन्छ । थाइल्यान्ड भित्र वा बाहिर उत्पादन भएका कारले सो अवार्ड पाउने व्यवस्था छ।

नेटा भी नेपाली बजारमा समेत राम्रो प्रतिक्रिया पाइरहेको इलेक्ट्रिक कार हो। नेपाली बजारमा सीजी मोटर्सले नेटा भी बिक्री-वितरण गरिरहेको छ।

Logo