सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टलाई चार तारे होटलको मान्यता, यस्ता छन् सेवा सुविधा

सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टलाई चार तारे होटलको मान्यता, यस्ता छन् सेवा सुविधा

केन्द्रबिन्दु
392
Shares

कपिलवस्तुको चन्द्रौटामा अवस्थित सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्टले ४ तारे होटल स्तरको मान्यता पाएको छ । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सञ्चालनमा आएको उक्त रिसोर्टलाई पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी चार तारा स्तरको होटलमा स्तरोन्नति गरेको हो ।

सिद्धार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेका अनुसार २५ बिघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् रहेका छन् । रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुविधा उपलब्ध छन् । रिसोर्टले ४ तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको उनकाे भनाई छ ।

साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ। सोही पोखरीमा होटलको ‘फिस फार्म’ समेत रहेको छ। हालसम्म ७५ जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सञ्चालन पश्चात झण्डै तीन सय ८० जनालाई रोजगारी मिल्ने कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए ।

रिसोर्टले यसअघि ४४औं विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवम् एग्रो टुरिजममार्फत् पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याएबापत राष्ट्रिय सम्मान पाइसकेको छ।

Logo