बीवाईडी बन्यो ७० लाख न्यु इनर्जी भेइकल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी

बीवाईडी बन्यो ७० लाख न्यु इनर्जी भेइकल उत्पादन गर्ने विश्वकै पहिलो कम्पनी

केन्द्रबिन्दु
42
Shares

काठमाडाैँ। न्यु इनर्जी भेइकल र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै सर्वश्रेष्ठ कम्पनी बीवाईडी ७० लाख न्यु इनर्जी भेइकल उत्पादन गर्ने विश्वकै पहिलो कार निर्माता कम्पनी बनेको छ।

कम्पनीको चीनस्थित जिनान फ्याक्ट्रीमा उत्पादित डेन्जा एन७ सार्वजनिक गरेर बीवाईडीले ब्रान्डको लागि यो ऐतिहासिक उपलब्धि हासिल गरेको हाे।

बीवाईडीले सन् २०२१ मा १० लाख सवारी साधन उत्पादन गरेको थियो भने त्यसपछिको १८ महिनामै तीनगुणा पुर्याएको थियो। त्यसपछिको ९ महिनामा ५० लाख र फेरि ७ महिनामै ७० लाख उत्पादन पुर्याउन सफल भएको हो।

बीवाईडी अटोमोटिभ उद्योगमा सन् २००३ मा प्रवेश गरेको थियो र पहिलो न्यु इनर्जी भेइकल २००८ मा बिक्री गरेको थियो। अहिले भने यसले दर्जनौ मोडल बिक्री गर्दै आएको छ।

बीवाईडीको प्रिमियम ब्रान्ड डेन्जाको सो अपडेटेड भर्सन आगामी अप्रिल १ मा लन्च गरिने समेत वेबो पोस्टमा जनाइएको छ।२०२१ को मे महिनामा १० लाख, २०२३ को अगस्टमा ५० लाख र अहिले ७० लाख सवारी साधन उत्पादन भएको हो।

Logo