नेटा अटोकाे नेटा एल एसयूभी सार्वजनिक, ४ लाखको माइलस्टोन पनि पूरा

नेटा अटोकाे नेटा एल एसयूभी सार्वजनिक, ४ लाखको माइलस्टोन पनि पूरा

केन्द्रबिन्दु
84
Shares

काठमाडाैँ। चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी नेटा अटोले नयाँ मोडल नेटा एल सार्वजनिक गरेको छ । योसँगै नेटा अटोले ४ लाख कार उत्पादनको महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ ।

सन् २०२२ जनवरीमा १ लाख कार उत्पादन गरेको कम्पनीले सन् २०२३ मेमा ३ लाख कार उत्पादनको माइलस्टोन हासिल गरेको थियो । यसअनुसार १० महिनाभन्दा कम समयमै ३ लाखबाट ४ लाखको माइलस्टोन हासिल गर्न सफल भएको हो ।

कम्पनीले हालै औपचारिक रुपमा सार्वजनिक गरेको यो नयाँ मोडल नेटा एल नयाँ एसयूभी मोडल हो । सान्हाई प्ल्याटफर्ममा निर्मित नेटा एल बीईभी अर्थात ब्याट्री इलेक्ट्रिक भेइकल र आरईईभी अर्थात रेन्ज-एक्सटेन्डेड इलेक्ट्रिक भेइकल गरी दुई भर्सनमा उपलब्ध हुनेछ। आगामी अप्रिलदेखि यसको डेलिभरी सुरु गर्ने कम्पनीकाे तयारी छ।

यसमा डट–म्याट्रिक्स ग्रिल डिजाइन सहितको क्लोज्ड फ्रन्ट इन्ड र ट्रापेजोइडल एयर इन्टेक भएको फ्रेस डिजाइन लुक प्रदान गरिएको छ । यसमा भएको एल आकारको हेडलाइट एसेम्बलीसँगै फरक खाले थ्री-सेगमेन्ट एलईडी डे टाइम रनिङ लाइट छ। त्यसैगरी एरोडाइनामिक ड्रयाग घटाउनका लागि फ्लस डोर ह्यान्डल उपलब्ध छ, जसले यसलाई अझै आधुनिक बनाएको कम्पनीकाे दाबी छ ।

यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४७७० एमएम, १९०० एमएम र १६६० एमएम रहेको छ भने ह्विलबेस २८१० एमएम रहेको छ। सो एसयूभी ब्ल्याक, ह्वाइट र पिंक कलरमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Logo