नेपाल र कोरियाबीच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जीएलएन इन्टरनेशनलबीच समझदारी

नेपाल र कोरियाबीच अन्तरदेशीय भुक्तानी प्रणालीका लागि फोनपे र जीएलएन इन्टरनेशनलबीच समझदारी

केन्द्रबिन्दु
70
Shares

नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान गर्ने कम्पनी जीएलएन इन्टरनेशनल मिलेर नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा एम‌ओयू हस्ताक्षर भएको छ ।

यस एम‌ओयूको आधारमा, दुई कम्पनीले नेपाल र कोरिया बीच क्रस-बोर्डर क्यूआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक, प्राविधिक र व्यावसायिक सम्भाभ्यता मा काम गरिने लेखिएको छ । फोनपे र जीएलएन इन्टरनेशनलको यो सहकार्यबाट कोरियाबाट नेपाल आउने पर्यटकहरुले नेपालमा क्यूआर भुक्तानी गर्न सक्नेछन् ।

कोरियाबाट नेपाल आउने जीएलएनका प्रयोगकर्ताहरूले हाना वानक्यू, केबी वालेट, आईएम बैंक, टस, हाना मनि र जीएलएन एपजस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख स्टोरहरूमा रियलटाइम पेमेन्ट क्यूआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्छन् ।

“विश्वभरी क्रस-बोर्डर भुक्तानी सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता अनुरुप जीएलएन र फोनपेसंग यो सहयोगी यात्रामा म उत्साहित छु,” जीएलएनका सिईओ, क्यूङगाे किमले भने । “यो पार्टनर्सिपले हाम्रो नयाँ क्षेत्रमा विस्तार गर्ने प्रतिबद्धतालाई आयम थपेको छ, त्यसै परस्पर सीमाहरूबीच इनाेभेटिभ पेमेन्ट साेलुसन प्रदान गर्ने हाम्रो मिशनलाई पनि लाई सार्थक तुलाएको छ ।”

फाेनपेका सिईओ दिवस कुमारले भने, “हामी जीएलएनसँग सहकार्य गरेर हाम्रो सेवालाई कोरियाली पर्यटकहरुमा विस्तार गर्न उत्साहित छौं र हालको समयमा हाम्रो अन्तर्राष्ट्रिय विस्तार अभियानमा एक नयाँ सदस्य थप्न सफल भएका छौं । यस सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्नेछ, वित्तीय समाबेसिता बढाउन तथा नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पुर्याउनेछ।”

Logo