एआईआईबीलाई अध्यक्ष ढकालको आग्रह- नेपालमा अपार सम्भावना छ, लगानी गर्नुस्

एआईआईबीलाई अध्यक्ष ढकालको आग्रह- नेपालमा अपार सम्भावना छ, लगानी गर्नुस्

केन्द्रबिन्दु
56
Shares

उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी)लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

मंगलबार चन्द्रागिरीमा एआईआईबीको सञ्चालक समितिका पदाधिकारीहरुसँगको भेटवार्तामा अध्यक्ष ढकालले नेपालमा विकासको अपार सम्भावना भएको र लगानी गर्न आग्रह गरेका हुन् । उनले एआईआईबी बोर्डका पदाधिकारीहरूलाई निजी क्षेत्र एआईआईबी जस्ता संस्थाहरूसँग रणनीतिक साझेदारीमार्फत यस सम्भावनाको फाइदा लिन उत्सुक रहेको जानकारी गराए ।

अध्यक्ष ढकालले नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको पनि बताए । उनले नेपालले हासिल गरेको बाह्य क्षेत्रको स्थायित्वबारे पनि एआईआईबी अधिकारीहरुलाई जानकारी गराए । उनले मुलुक अहिले आन्तरिक उपभोग सुधारमा केन्द्रित भएको बताए । नेपाल सरकारले देशको लगानीको वातावरण सुधार गर्न १२ वटा ऐन परिमार्जन गर्ने प्रक्रियामा रहेको पनि उनले जानकारी गराए ।

सो क्रममा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरुको खोजीमा विशेष छलफल भएको थियो । एआईआईबीले यातायात, उर्जा र शहरी विकास लगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

Logo