निर्जीवन बीमाले गरे २६ अर्ब बढीकाे व्यवसाय, कुन कम्पनीको कति आम्दानी ?

निर्जीवन बीमाले गरे २६ अर्ब बढीकाे व्यवसाय, कुन कम्पनीको कति आम्दानी ?

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनासम्ममा २६ अर्बमाथि कूल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिरकणले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीहरुले फागुनसम्म १९ लाख १६ हजार ६६६ वटा बीमा पोलिसी विक्री गरी २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यस अवधिमा सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । सो कम्पनीले २ लाख ८ हजार २४५ वटा बीमालेख बिक्री गरेर ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ लाख ९६ हजार ५६५ वटा बीमालेख बिक्री गरेवापत ३ अर्ब ४ करोड ३१ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ३ हजार ५६५ वटा बीमालेख बेचेर २ अर्ब ५६ करोड ११ लाख रुपैयाँको व्यवसाय गरेको प्राधिकरणले जनाएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ ।

यसैगरी प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा हाल सञ्चालनमा रहेका तीन वटा लघु निर्जीवन बीमकले १० करोड ३२ लाख ६२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । कम्पनीले फागुनसम्ममा ४५ हजार ३५८ वटा बीमालेख जारी गरेका

त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्सले ४ करोड ९० लाख, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३ करोड ४८ लाख र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेको छ ।

कुन कम्पनीको आम्दानी कति ?

Logo