सिटिजन लाइफ इन्स्योरेन्सद्वारा गार्गी कन्या गुरुकुललाई ३ लाख सहयोग

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा गार्गी कन्या गुरुकुललाई ३ लाख सहयोग

केन्द्रबिन्दु
56
Shares

सिटिजन लाइफ इन्स्योरेन्सले चितवनको देवघाटस्थित गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालका साथै कर्पाेरेट सेल्स हेड रिता पाठकले गार्गी कन्या गुरुकुल प्रतिष्ठान का उपाध्यक्ष डा. मन काफ्लेलाई रु. ३ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

यस सहयोगले गार्गी कन्या गुरुकुललाई विद्यालय सन्चालन गर्न केही मद्दत हुने सिटिजन लाइफले अपेक्षा राखेको छ ।

उचित शिक्षा एवं रहनसहनको वातावरण बनाई विदुषी नारी तयार गरी आत्मनिर्भर एवं स्वावलम्बी बनाउने उदेश्यले गार्गी कन्या गुरुकुल प्रतिष्ठानद्वारा बिगत २०६८ सालदेखि देवघाटमा गार्गी कन्या गुरुकुल सन्चालन हुँदै आएको छ । यो गुरुकुल नेपालकै पहिलो समावेशी गुरुकुल हो जहाँ नेपालको बिभिन्न ठाउँदेखि हरेक समुहका महिला छात्राहरुलाई बिना कुनै भेदभाव कक्षा ६ देखी १२ सम्म सरकारको सरकारी पाठ्यक्रम अनुसार अध्यापन गराइन्छ । साथै संस्कृत विषय को पनि अध्यापन गराइन्छ र निशुल्क भोजन्, आवासको पनि व्यवस्था रहेको छ ।

Logo