पानासोनिकले ल्यायाे एयर कन्डिसनरमा भारी छुटको अफर

पानासोनिकले ल्यायाे एयर कन्डिसनरमा भारी छुटको अफर

केन्द्रबिन्दु
42
Shares

जापानको नम्बर १ ब्रान्ड पानासोनिकले एयर कन्डिसनरमा भारी छुटको अफर ल्याएको छ ।

नेपालका लागि पानासोनिक एयर कन्डिसनरको अधिकृत वितरक त्रिवेणी ग्रुपले ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो । उक्त छुट योजना १ टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार १ लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफरअन्तर्गत ८० हजार ९९० रुपैयाँमै पाइने छ । भारी छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ । जस अन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलीभरी र १२ मिटर कपर पाइन निःशुल्क पाइने छ ।

ऊर्जा किफायती तथा वातावरणमैत्री उक्त एयर कन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

Logo