नेपाली बजारमा याडिया जी६ इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् फिचर र मूल्य

नेपाली बजारमा याडिया जी६ इलेक्ट्रिक स्कुटर सार्वजनिक, यस्ता छन् फिचर र मूल्य

केन्द्रबिन्दु
84
Shares

नेपाली बजारमा याडिया इलेक्ट्रिक स्कुटरको नयाँ इलेक्ट्रिक स्कुटर याडिया जी६ सार्वजनिक भएको छ । नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले एक कार्यक्रमबीच नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो स्कुटर सार्वजनिक गरेका थिए ।

याडिया जी६ मा ३ किलोवाटको मोटर र २. ७३ किलोवाट आवरको ग्राफिन ब्याट्री छ । यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिन्छ । यसलाई ६ देखि ७ घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै १७० एमएम ग्राउन्ड क्लियरेन्स रहेको इलेक्ट्रिक स्कुटरमा फ्रन्ट तथा रियर डिस्क ब्रेक उपलब्ध छ । यसमा फराकिलो फ्लोर बोर्ड, अल एलईडी सेटअप, १२ इन्चको आल्मुनियम ह्विल, ३० लिटरको बुट स्पेस लगायतका विभिन्न विशेषता पनि उपलब्ध छन् ।

ब्याट्री र मोटरमा २ वर्ष वा २० हजार किलोमिटर गुड्दा सम्मको वारेन्टी उपलब्ध रहेको इलेक्ट्रिक स्कुटरको मूल्य २ लाख ६० हजार रुपैयाँ तोकिएको कम्पनीले छ ।

Logo