किया ईभी–९ ले जित्याे ‘वर्ल्ड कार अफ दि इयर–२०२४’ को अवार्ड

किया ईभी–९ ले जित्याे ‘वर्ल्ड कार अफ दि इयर–२०२४’ को अवार्ड

केन्द्रबिन्दु
42
Shares

कियाको इलेक्ट्रिक कार ईभी–९ ले ‘वर्ल्ड कार अफ दि इयर–२०२४’ को अवार्ड जितेको छ ।

सर्ट लिष्टमा परेका बिवाइडी सील र भल्भो इएक्स–३०लाई पछि पार्दै अमेरिकामा जारी न्यूवर्क मोटर शोमा ईभी–९ ले अवार्ड जितेको हो । कियाको उक्त कारले वर्ल्ड इलेक्ट्रिक कार अफ दि इयरको उपाधी समेत पाएको छ ।

एक वर्षअघि ग्लोबल डेब्यू गरिएको ईभी–९ ले यसअघि २०२४ उमन्स वर्ल्डवाइड कार अफ दि इयर अवार्ड समेत पाएको थियो । कारमा उपलब्ध इन्नोभेटिभ डिजाइन, फराकिले सेभेन–सीट इन्टेरियर र प्रतिस्पर्धी मूल्यका आधारमा ईभी–९ लाई उक्त अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।

यसैगरी, आयोनिक–५ एनले वर्ल्ड पर्फमेन्स कार अफ दि इयर र भल्भो इएक्स–३० ले वर्ल्ड अर्बान कार अफ दि इयर हात पारेका छन् । बीएमडब्लु आई–५ ले वर्ल्ड लक्जरी कार अफ दि इयर अवार्ड जितेकाे छ ।

Logo