सजावटको लागि थरीथरीका फूल किन्नेकाे घुइँचाे [फोटोफिचर]

सजावटको लागि थरीथरीका फूल किन्नेकाे घुइँचाे [फोटोफिचर]

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । सजावटका लागि फूलको प्रयोग गर्ने तथा घरको बगैँचामा फूल रोप्ने प्रचलन बढ्दो छ । सोही विषयलाई मध्यनजर गर्दै फूल व्यवसायीहरूले नयाँ भेराइटीका फूल उत्पादन गर्दै आइरहेका छन् । उक्त फूललाई एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न संघ तथा संस्थाहरूले प्रदर्शनीको आयोजना गरिरहेका हुन्छन् ।

यसपटक भृकुटीमण्डपमा नर्सरी व्यवसायी संघ, नेपालले ‘नेशनल हर्टिकल्चर एक्स्पो–२०८०’ को आयोजना गरेको छ । चैत्र १६ देखि सञ्चालनमा आएको यो एक्स्पो  आज सम्पन्न हुनेछ । यस प्रदर्शनीले नेपालमा रहेका नयाँ प्रजातिका फूल साथै फूलमा आएको नयाँ ट्रेन्डको बारेमा पनि झल्काएको छ । 

पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका व्यवसायीक उत्पादनहरूको उक्त प्रदर्शनीमा अवलोकन गर्न आउनेहरूको पनि घुइँचो थियो । लाखौं रुपैयाँसम्म पर्ने फूल प्रदर्शनीमा उपलब्ध थियो, जसले ग्राहकहरूलाई अचम्मित पनि बनाएको देखिन्थ्यो भने फूलका बारेमा जान्नुका साथै किन्न राम्रो अवसरका प्रदर्शनी भएको बताइएको पाइन्थ्यो । 

प्रदर्शनीमा पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडीबुटी नर्सरीको ७०० भन्दा बढी प्रजातिका बोटबिरुवाहरू बिक्री तथा वितरणको लागि राखिएको संघका अध्यक्ष रामजीप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार साथै मलखाद, अर्गानिक एवं रासायनिक विषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत प्रदर्शनीमा स्टल रहका थिए ।

तस्विरः देशभक्त थापा/केन्द्रबिन्दु

Logo