एनसीसी बैंक भिसा क्रेडिट कार्ड सुरु

एनसीसी बैंक भिसा क्रेडिट कार्ड सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

एनसीसी बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा मंगलबारदेखि एनसीसी भिसा क्रेडिट कार्ड शुभारम्भ गरेको जनाएको छ ।

यस बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एसिटएम तथा पीओएस मेसिनमार्फत सामान वा सेवा लिन सकिने, ईएमभी चीपमा आधारित सुरक्षित कार्ड, यात्राका लागि विशेष उपयोगी, भुक्तानीमा लचकता र नगद झिक्न सकिने सुबिधा रहेको बताइएको छ ।

बैंकले एनसीसी भिसा क्रेडिट कार्डको शुभारम्भ अफर भनेर असार महिनाभरि नयाँ एनसीसी उत्सव बचत खाता खोल्ने ग्राहकहरुलाई पहिलो वर्ष निःशुल्क एनसीसी भिसा क्रेडिट कार्ड उपलब्ध गराउने घोषणा पनि गरेको छ ।

Logo