जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ७२ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री विजयकुमार यादवले आइतबार प्रदेश सभामा ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट पेश गरेका हुन् ।
चालूतर्फ रु १९ अर्ब ११ करोड, ९७ लाख ३८ हजार र पूँजीगततर्फ रु. १९ अर्ब २६ करोड, ५४ लाख ६४ हजार विनियोजन गरिएको छ ।
विजियोजित बजेट अनुसार सांसदहरुले आफ्नै इच्छाले खर्च गर्ने गरी बजेट पाउने भएका छन् । बजेटमा निर्वाचित र समानुपातिक दुबै सांसदले आफ्नो इच्छा अनुसार खर्च गर्ने गरी बजेट विनियोजन पाउने उल्लेख छ ।
प्रदेशका निर्वाचित सांसदले करोडका दरले पाउनेछन् । यसमध्ये रु १ करोड आफ्नै इच्छाले र बाँकी २ करोड संसदीय विकास कार्यक्रम अन्तर्गत पाउने भएका छन् ।
यस्तै समानुपातिक सांसदले रु १ करोडका दरले बजेट पाउने छन् । यो बजेट समानुपातिक सांसदहरुले आफ्नै इच्छा अनुसार खर्च गर्न पाउनेछन् ।
[pdf-embedder url=”https://kendrabindu.com/wp-content/uploads/2023/12/आ.व.०७६०७७-को-बजेट-वक्तव्य.pdf& title=”आ.व.०७६०७७ को बजेट वक्तव्य”]





























प्रतिक्रिया