नयाँ वर्षमा दुईपाङ्ग्रे सवारी खरिद गर्दा लाखौं पाइन्छ छुट, कुन कम्पनीको कस्तो अफर ?

नयाँ वर्षमा दुईपाङ्ग्रे सवारी खरिद गर्दा लाखौं पाइन्छ छुट, कुन कम्पनीको कस्तो अफर ?

केन्द्रबिन्दु
168
Shares

काठमाडौं । नयाँ वर्ष नजिकिएसँगै दुई दुईपाङ्ग्रे सवारी साधनका बिक्रेता कम्पनीहरूले धमाधम नयाँ/नयाँ अफर सार्वजनिक गरिरहेका छन् । नेपालमा पछिल्लो समय प्रेट्रोलबाट मात्र नभई विद्युतिय दुईपाङ्ग्रे सवारीको आयात साथै प्रयोगकर्ता पनि बढ्दो गएको पाइन्छ । ति कम्पनीहरूले आगामी नयाँ वर्ष (२०८१) लाई लक्षित गर्दै नगद छुटदेखि बीमा लगायत सुविधाहरू ल्याएका हुन् ।

चार पाङ्ग्रेको तुलनामा सस्तो, पार्किङको झन्झट धेरै नहुँने गन्तव्यमा पनि छिटो पुगिने भएकाले पनि दुईपाङ्ग्रे सवारी साधन सर्वसाधारणको रोजाइमा पर्ने गर्छ । नयाँ वर्षको अवसरमा दुई पाङ्ग्रे सवारी मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहनेहरूको लागि अवसर पनि हुन सक्छ । नयाँ वर्षको अवसरमा दुईपाङ्ग्रे सवारी साधनका विभिन्न कम्पनीहरूले आ–आफ्ना योजनाहरू सार्वजनिक क्रम जारी छ ।

कुन ब्रान्डको सवारी किन्दा के छ छुट ?

सुजुकीका मोटरसाइकल खरिद गर्दा नगद छुट

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भि.जि. अटोमोबमाईल्स प्रा.लि.ले नयाँ वर्षको अवसरमा ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको हो । कम्पनीका अनुसार यो योजना २०८० चैत १४ गतेदेखि २०८१ जेठ १८ गतेसम्म लागू हुनेछ ।

ग्राहकहरूले यो योजना अन्तर्गत प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउने छन् । साथै थप स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्म नगद छुट वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार रुपैयाँ पाइने कम्पनीले जानकारी दिएको छ ।

त्यस्तै, फाइनान्समा शून्य प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ त्यो ग्राहकहरूले आफै छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । सुजुकीका जुन सुकै मोडलका मोटरसाइकल वा स्कुटरको खरिद गर्दा ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा उपलब्ध गराउँदै आएको कम्पनीले बताएको छ ।

बेनेलीको बाइक शून्य प्रतिशत ब्याजमा उपलब्ध

बेनेलीको बाइक खरिद गर्न चाहने ग्राहकहरूको लागि यो नयाँ वर्ष अवसरको रूपमा हुन सक्छ । किनभने नयाँ वर्षलाई लक्षित गर्दै बेनेली बाइक ९शून्य० प्रतिशत ब्याजमा उपलब्ध गराउने अफर ल्याएको हो । नेपाली युवाहरूको सर्वाधिक रोजाइमा पर्ने बेनेलीको बाइक यहाँको सडकको लागि उपयुक्त पनि मानिन्छ । नेपालका लागि बेनेलीको बाइक बिक्रेता कम्पनीकेटीएम इन्टरनेशनल ट्रेडिङ प्रा।लि।ले नयाँ बर्ष २०८१ का लागि विशेष फाइनान्स योजना पनि ल्याएको छ ।

यो योजना अन्तर्गत १८० सीसीका बाइक तथा स्कुटरमा २० मिनेटमा नै शून्य प्रतिशत ब्याजदर तथा किस्ताबन्दीमा साधन खरिद गर्न सकिनेछ ।

कम्पनीले अन्य मोडलका बाइकमा विशेष छुटको व्यवस्था मिलाएको पनि बताइएको छ । कम्पनीले मोडल हेरेर बाइकको खरिदमा १५ हजारदेखि १ एक लाख रुपैयाँसम्मको छुट दिने भएको हो । कम्पनीले बेनेलीका १२५ सीसीदेखि ७५० सिसिसम्मका बाइक तथा स्कुटरहरू नेपालमा बिक्री–वितरण गर्दै आएको छ ।

यज्डी स्क्र्याम्ब्लर मोटरसाइकलको ‘अविश्वसनीय क्यासब्याक’ अफर

यज्डी मोटरसाइकलको आधिकारिक बिक्रेता अग्नि मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा यज्डी स्क्रयाम्ब्लरमा जीवनमा एकपटक मात्र पाइने अफर ल्याएको छ । कम्पनीले आफ्ना बाइकको खरिदमा क्यासब्याक र छुट पाउने अफर सार्वजनिक गरेको हो ।

अन रोड र अफ रोड सबै तिर चलाउन सकिने यज्डी स्क्रयाम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेहरूलाई लक्षित गरी ल्याइएको कम्पनीको भनाइ छ । यो अफरमा मोटरसाइकल खरिद गर्नका लागि ग्राहकहरूले उत्तरढोका, काठमाडौं तथा नेपालगञ्जमा रहेका शाेरूमहरूमा जानुपर्नेछ ।

सेगवेका अफरः नगद छुट र लक्जरी गेटवे

सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रालिले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ‘न्यू इयर, न्यू अफर २०८१’ सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो अफर यही चैत १९ गतेदेखि सुरु भई २०८१ सालको वैशाख १८ गतेसम्म लागू हुनेछ । उक्त योजना अवधिभित्र सेगवेको विभिन्न मोडलको स्कुटर खरिदमा विशेष नगद छुट प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

यसका साथै स्कुटरको खरिदमा क्लब हिमालय नगरकोटमा एक रातको बसाइका लागि पनि उपहार जित्न सकिनेछ ।

सहरीदेखि साहसिक यात्राका लागि ग्राहकहरूमा सेगवे ई–स्कुटरहरूमा आकर्षित बन्दै गएको छ। । नयाँ वर्षको विशेष अफरमा ग्राहकहरूले चयन गर्ने सेगवे इ–स्कुटरका मोडेलहरूमा आकर्षक नगद छुटहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार ई१२५ र ई११०एल मा २५ हजारसम्म, ई१०० मा २० हजारसम्म र एन१०० मा १५ हजारसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।

नयाँ वर्षमा बजाजले १ लाखसम्मको उपहार दिने

बजाज मोटरसाइकलको नेपालका लागि अनधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले ग्राहकहरूलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरूसहित उक्त योजना ल्याएको हो । यो योजना अन्तर्गत ग्राहकहरूले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताहरूले १ लाखसम्मको नगद उपहार पनि जित्न सक्नेछन् ।

त्यसका साथै ग्राहकहरूले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन्, जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुन आउनेछ । त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरूसँग उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Logo