काठमाडाैँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार व्यवससयीबीच सहकार्य गरि अगाडि बढ्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५८औँ, वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस- २०८० काे समुद्घाटनमा बाेल्दै निजी क्षेत्रले लगानी र राेजगारि सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेकाे बताएका हुन्।
साथै उनले दिगो विकासकाे लक्ष्य हासिल गर्न लागेकाे निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्न आवश्यक रहेकाे बताए। उनले लगानी सम्मेलनलाई प्रभावकारी बनाउन सरकार लागेकाे बताए।
प्रधानमन्त्रीले आर्थिक सूचक सकारात्मक हुँदै गएकाे भए पनि गति लिन नसकेकाे जिकिर गरे। उनले यसपटकको, नीति तथा कार्यक्रममा उद्योग, जनप्रतिनिधि सबैलाई समेटेर बनाउने बताए।































प्रतिक्रिया