सुनचाँदीको मूल्यले फड्काे मार्दै २०८० लाई गर्‍यो बिदाई, नयाँ वर्षपछिको कारोबार कस्तो रहला ?

सुनचाँदीको मूल्यले फड्काे मार्दै २०८० लाई गर्‍यो बिदाई, नयाँ वर्षपछिको कारोबार कस्तो रहला ?

केन्द्रबिन्दु
462
Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले वि.सं. २०८० सालमा छलाङ मारेको छ । सुनचाँदीको मूल्यले प्रतिदिन नयाँ–नयाँ रेकर्ड कायम गर्दै २०८० साल बिदाइ गरेको हो । महिनामा केही दिन मात्र घट्दै कारोबार भएको सुन चाँदीको मूल्य अधिकांश दिन वृद्धि भएको पाइन्छ । सुनचाँदीको मूल्यले प्रतिदिन रेकर्ड ब्रेक गर्दै जाँदा २०८० सालमा यसको खरिद बिक्री पनि उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । महासंघका अनुसार यो वर्ष छापावाला सुन प्रतितोला २९ हजार र तेजाबी २८ हजार रुपैयाँले वृद्धि भएको छ ।

यस्तै, चाँदीको मूल्य यो वर्ष प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको महासंघले जानकारी दिएको छ । २०८० सालको अन्तिम दिन आज (शुक्रबार) पनि सुनको मूल्यले रेकर्ड कायम गरेको छ । सुनचाँदी महासंघका अनुसार सुन प्रतितोला २ हजार ४०० रुपैयाँले बढेर सुनको मूल्यले रेकर्ड कायम गरेको हो । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३९ हजार र तेजाबी सुन १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दै जाँदा नेपालमा पनि यसको प्रभाव परेका कारणले यसको मूल्य बढ्दै गएको बताइएको छ । विभिन्न अर्थशास्त्रहरूले पनि सुनको मूल्य अझै बढ्ने प्रक्षेपण गर्दै आएका छन् ।

२०८० मा कुन महिना सुनचाँदीको मूल्य कतिले बढ्यो ?

यो वर्ष अघिल्ला वर्षको तुलनामा सुनचाँदीको मूल्य साथै कारोबार पनि बढेको पाइन्छ । सुनको मूल्य बढ्दो रहँदा यसको खरिद साथै बिक्री गर्ने संख्या पनि उल्लेख्य रहेको सुनचाँदी व्यवसायीहरूले बताउँदै आएका छन् । सुनको मूल्य बढ्दै जाने विषयको मध्यनजर गर्दै सुन बिक्री गर्ने भन्दा पनि खरिद गर्नेको संख्या बढी रहेको सुन पसलका एक व्यवसायीले बताए ।

महासंघका अनुसार गत वैशाखको पहिलो दिन छापावाल सुन प्रतितोला एक लाख १० हजार र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । र, चाँदी प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । वर्षको पहिलो दिन यसरी मूल्य निर्धारण भई कारोबार सुरु भएको सुनको मुल्य घट्ने र बढ्ने भई राख्यो । महिनाको अन्तिम दिन अर्थात् वैशाखको ३१ गते सामान्य आइपुग्दा सुनको मूल्य बढेर छापावाल प्रतितोला एक लाख ११ हजार ८०० र तेजाबी एक लाख १० हजार २५० रुपैयाँमा पुगेको थियो । उक्त महिना छापावाल सुन १८ सय र तेजाबी प्रतितोला २२ सय रुपैयाँले बढेको र चाँदी ७५ रुपैयाँले घटेको पाइएको छ ।

यसैगरी जेठको पहिलो दिन छापावाल एक लाख ११ हजार र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । उक्त महिनाको बिचमा १००/२०० रुपैयाँ घट्ने बढ्ने गर्दै कारोबार भएको महासंघले बताएको छ । महिनाको अन्तिम दिन ३२ गते छापावाल सुनको मूल्य उक्त रकममै कारोबार भयो भने तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

यस्तै, असार एक गते छापावाल एक लाख ११ हजार र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँको हाराहारीमा कारोबार भएको महासंघले जानकारी दिएको छ । अन्तिम दिन ३१ गतेसम्म आइपुग्दा छापावाल ४०० रुपैयाँले बढेर एक लाख १२ हजार २०० र तेजाबी सुन प्रतितोला ४०० ले वृद्धि भई एक लाख ११ हजार ६ सय ५० मा रुपैयाँमा कारोबार भएको थियो ।

श्रावण महिनामा छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० र तेजाबी १ लाख ११ हजार ६ सय ५० मा कारोबार भएको थियो । यो महिना अन्तिमसम्म आइपुग्दा छापावाल र तेजाबी सुनको मूल्यमा १८ सय रुपैयाँले गिरावट आएर क्रमशः १ लाख १० हजार ४०० र एक लाख ९ हजार ८ सय ५० मा कारोबार भएको थियो ।

यस्तै, भदौ एक गते छापावाल सुन प्रतितोला एक लाख १० हजार ४ सय र तेजाबी सुन प्रतितोला एक लाख १० हजार नौ सय ८५० रुपैयाँमा कारोबार भएको थियो । र, महिनाको अन्तिम दिन ३१ गते छापावाल, तेजाबी प्रतितोला १९ सय रुपैयाँले बृद्धि क्रमशः १ लाख १२ हजार ३०० र १ लाख ११ हजार ७५० मा कारोबार भएको थियो ।

असोजको पहिलो हप्ता छापावाल प्रतितोला १ लाख १२ हजार ५०० र तेजाबी एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । महिनाको अन्तिम दिनसम्म आइ पुग्दा यी दुवै क्याटागोरीको सुनको मूल्यमा सामान्य अंकले घटेको थियो । छापावाल साथै तेजाबी प्रतितोला सुनको मूल्यमा ६ सयले घटेर क्रमशः १ लाख ११ हजार ८९ सय र उक्त लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।

यस्तै, कार्तिकमा अन्तिम दिन २७ गतेसम्म छापावालको मूल्य करिव २ हजारले बृद्धि भई १ लाख १३ हजार र तेजाबीको मूल्य पनि एक हजार रुपैयाँले वृद्धि भई एक लाख १२ हजार ६५० कारोबार भएको महासंघले बताएको छ । चाँदी भने उक्त महिना प्रतितोला १३ सय ६० रुपैयाँमा भएको थियो । यसै गरी मंसिरको एक गतेसम्म आइ पुग्दा सुनको मूल्यमा सामान्य गिरावट आएको देखिन्छ । छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० सय र तेजाबी १ लाख १४ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यो महिना लगातार वृद्धि भई २७ गते १ लाख १९ हजार १०० र तेजाबी एक लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ ।

पुषको १ गते छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८००, तेजाबी सुनको एक लाख १७ हजार २५० र चाँदी १४ सय ५५ रुपैयाँमा कारोबार भएको थियो । यो महिनाको बीचमा पनि सुनको मूल्यमा छाल आयो । यद्यपी २९ गते भने छापावाल सुन एक लाख १९ हजार २०० र तेजाबी १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी माघको एक गते छापावाल एक लाख १९ हजार ५०० र तेजाबी एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको हो ।

फागुन एक गते छापावाल एक लाख १७ हजार ७०० र तेजाबी एक लाख १७ हजार १५० रुपैयाँमा भएको थियो । उक्त महिनाकै ३० गतेसम्म आइपुग्दा छापावाल १ लाख २५ हजार र तेजाबी सुन प्रति तोला एक लाख २४ हजार ४ सय रुपैयाँमा किन बेच भएको महासंघले बताएको छ । उक्त महिनाको बिचबिचमा सुनचाँदीको मूल्यले रेकर्ड ब्रेक पनि गरेको थियो ।

यस्तै, चैत्र महिना सबैभन्दा बढी सुनको भाउमा उतरचढाव भएको महिना हो । यो महिनामा सुनको मूल्यले प्रतिदिन नै रेकर्ड ब्रेक गर्यो भन्दा पनि फरक नपर्ला । किनभने अघिल्ला महिनाको तुलनामा यो महिना सुनको मूल्य एकदमै धेरै वृद्धि भएको हो । सुनको मूल्यले २०८० सालमा नयाँ रिकर्ड राख्दै नयाँ वर्षलाई स्वागत गरेको छ ।

Logo