क्रसफायर किन्दा ३० हजारसम्म छुट र एक्सचेन्ज बोनस अफर

क्रसफायर किन्दा ३० हजारसम्म छुट र एक्सचेन्ज बोनस अफर

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले नयाँ वर्ष अफर ल्याएको छ ।

क्रसफायर र इटालिका मोटोको नेपालका लागि आधिकारिक वितरक रहेको कम्पनीले यी दुई ब्राण्डका मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले ३० हजासम्म नगद छुट र त्यत्ति नै रकम एक्सचेन्ज बोनस पाउने बताएको छ। साथै, लक्कि ड्रमार्फत हरेक हप्ता डिस्काउन्ट भौचर र अन्य सुविधासमेत पाउन सकिने कम्पनीले जनाएको हो।

‘जोसिलो उमंग, क्रसफायर र मोटोलिकासंग’ स्लोगनसहित आएको सो अफरमा क्रसफयार ट्रेकर र एचजे मोडलका मोटरसाइकल किन्दा ग्राहकले ३० हजार नगद छुट र त्यत्तिनै रकम एक्सचेन्ज पाउने कम्पनीको दाबी रहेको छ।

यसैगरी इटालिका मोटोको नभडा र स्टालियन मोटरसाइकलमा ३० हजार नगद छुट र त्यत्ति नै रकम एक्सचेन्ज बोनस तथा फर्मूला स्कुटरमा २० हजार छुट र त्यत्ति नै रकम एक्सचेन्ज बोनस प्रदान गरिने जनाइएको छ।

यो अफर क्रसफायरको नेपालभर सञ्चालनमा रहेका शोरुमममा उपलब्ध हुने बताइएको छ।

Logo