वर्ष २०८०: रोयल इन्फिल्ड, यामाहा र होण्डाले थाले नेपालमै बाइक एसेम्वलिङ

वर्ष २०८०: रोयल इन्फिल्ड, यामाहा र होण्डाले थाले नेपालमै बाइक एसेम्वलिङ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । गत वर्ष २०८० मा दुई पांग्रे सवारीअन्तर्गत रोयल इन्फिल्ड, यामाहा र होण्डाले स्वदेशमै बाइक एसेम्बल गर्न थालेका छन्।

रोयल इन्फिल्डले क्लासिक ३५०, हन्टर ३५० र स्क्र्याम ४११ र मेटियर ३५० मोडल एसेम्वल गर्दै आएको छ। नेपालमै एसेम्वल हुन थालेपछि यो मोटरसाइकलको मूल्य समेत कम रहँदा चर्चिन बनेको छ। टू–ह्विलरको समग्र बजार घटिरहेको अवस्थामा रोयल इन्फिल्डलाई भने बाइक डेलिभरी दिननै हम्मेहम्मे परेको थियो।

यस्तै, यामाहाले पनि स्वदेशी प्लान्टबाट बाइकको उत्पादन थालेको छ। एफजेड भी-३ को स्ट्यान्डर्ड भेरिएन्टमार्फत एसेम्बल यात्रा सुरु गरेको एमएडब्लु ग्रुपले अहिले थप मोडललाईसमेत नेपालमै एसेम्वल गर्दै आएको छ।

त्यस्तै, स्कुटरको बिक्रीमा बजार लिन सफल होण्डाले गत वर्ष २०८०को अन्तिमतिर स्वदेशमै एसेम्वल थालेको छ। डिओ स्कुटरबाट एसेम्बल यात्रा थालेको स्याकार ट्रेडिङ कम्पनीले विस्तारै अन्य मोडललाई पनि यहिँ उत्पादन गर्ने योजना बनाएको छ। सजुकी र हिरो ब्राण्डका बाइक पनि निकट भविष्यमै यहिँ एसेम्वले हुने तयारीमा छन्।

यस अगाडि बजाज र टिभिएसले मात्रै नेपालमा बाइक एसेम्वल गर्दै आएको थियो।

Logo