गरिमा विकास बैंकबाट सिइओ ढकालको बिदाई, नवनियुक्त सिइओ उपाध्यायले गरे सपथ ग्रहण

गरिमा विकास बैंकबाट सिइओ ढकालको बिदाई, नवनियुक्त सिइओ उपाध्यायले गरे सपथ ग्रहण

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले शनिबार प्रमुख कार्यकारी अधिकृत(सिइओ) माधवप्रसाद उपाध्यायको पद तथा गोपनियता सपथ ग्रहण गराएको छ। साथै, निवर्तमान सिइओ गोविन्दप्रसाद ढकालको बिदाई गरेको छ।

सपथ ग्रहण कार्यक्रम बुढानिलकण्ठस्थित् पार्क भिलेज रिसोर्टमा एक विशेष समारोह आयोजना गरी सम्पन्न भएको हो।

उक्त समारोहमा विकास बैंकको सञ्चालक समितिका पदाधिकारीहर, पूर्व अध्यक्ष, गरिमा म्युचुअल फण्डका कोष सुपरिवेक्षक, सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेडका पदाधिकारी र सिइओ, विकास बैंकमा व्यवस्थापन तहमा कार्यरत पदाधिकारी तथा अन्य कर्मचारीको उपस्थिति रहेको बैंकले जनाएको छ।

गरिमा विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर सिइओको जिम्मेवारी सम्हाल्दै आएका गोविन्दप्रसाद ढकालको कार्यकाल २०८० चैत्र मसान्तमा समाप्त भएको बैंकले जनाएको छ। विकास बैंकको गत चैत्र १४ गते बसेको सञ्चालक समितिको ३०४औँ बैठकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत माधवप्रसाद उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको बैंकले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ।

पद तथा गोपनियताको सपथ ग्रहण पश्चात बोल्दै नवनियुक्त सिइओ माधवप्रसाद उपाध्यायले विकास बैंकमा कार्यरत सशक्त युवा जनशक्तिमार्फत संस्थागत सुशासन र अनुपालनालाई पहिलो प्राथमिकतामा राखी विकास बैंकलाई थप उचाईमा पुर्याउने तथा सदैव उत्कृष्ट प्रतिफल प्रदान गर्नमा केन्द्रित रहने प्रतिवद्धता व्यक्त गरेका छन्।

त्यसैगरी निवर्तमान प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विगत १५ वर्षभन्दा बढी समय विकास बैंकको सिइओको जिम्मेवारी प्रदान गरेकोमा सञ्चालक समितिप्रति कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा विकास बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले विकास बैंकलाई यो उचाईसम्म पुर्याउनका लागि निवर्तमान सिइओले खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै नवनियुक्त सिइओको नेतृत्वमा विकास बैंक आगामी दिनमा सम्पूर्ण परिसूचकमा थप सबल र उत्कृष्ट हुने अपेक्षा रहेको बताए।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरलाई सेवा प्रदान गर्दै आईरहेको जनाएको छ।

Skip This
Skip This
Logo