केटीएम ३९० ड्युककाे बुकिङ खुला, कति ताेकियाे मूल्य ?

केटीएम ३९० ड्युककाे बुकिङ खुला, कति ताेकियाे मूल्य ?

केन्द्रबिन्दु
84
Shares

नेपाली बजारमा जेन ३ अर्थात थर्ड जेनेरेसनको केटीएम ३९० ड्युक उपलब्ध हुने भएको छ । केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले मूल्य घटाउँदै बुकिङ खुला गरेको हो ।

पहिलेको तुलनामा यसको मूल्य एक लाख रुपैयाँले घटेको छ । अब यसको मूल्य ८ लाख ९९ हजार ९ सय रुपैयाँ हुनेछ । यसका साथै बाइक बुकिङ गर्ने ग्राहकले ३१ हजार मूल्य पर्ने एरो हेल्मेट समेत पाउने छन् । करिव एक महिनामा ग्राहकलाई बाइक डेलिभरी गरिने कम्पनीले जनाएको छ ।

अब केटीएम ३९० ड्युकमा ३९९ सीसीको लिक्विड कुल्ड सिंगल सिलिन्डर इन्जिन उपलब्ध हुनेछ, जसले ४५ एचपी पावर तथा ३९ एनएम टर्क जेनेरेट गर्छ । साथै यसमा टीएफटी डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, टर्न बाई टर्न नेभिगेसन, कल अलर्ट, कर्नरिङ एबीएस, ट्रयाक्सन कन्ट्रोल, लन्च कन्ट्रोल, तीन राइड मोड जस्ता फिचर उपलब्ध हुने कम्पनीको भनाई छ । सो बाइकमा राइडरको कम्फर्टलाई उच्च प्राथमिकता दिइएकाे छ ।

हाल नेपाली बजारमा केटीएम २०० ड्युक, केटीएम २५० ड्युक, केटीएम ड्युक ३९०, केटीएम २०० आरसी, ३९० आरसी, केटीएम २५० एड्भेन्चर, केटीएम ३९० एड्भेन्चर विक्री हुँदै आएकाे छ ।

Logo