सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा

सुजल फुड्सको ‘चोकोफन जोय’ बजारमा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । सुजल फुड्स प्रालिले ‘चोकोफन जोय’ बजारमा ल्याएको छ।

चोकोफन जोय नेपालकै प्रथम ‘स्क्वाएर मोल्डेड’ चकलेट भएको र जुन पर्याप्त मात्रामा न्यूनतम उपभोग्ता मुल्यमा उपभोक्ता माझ प्रस्तुत गरिएको सुजल फुड्सले बताएको छ।

विगतमा विदेशी चकलेटमा निर्भर्तालाई तोडेर नेपालमै अन्तराष्ट्रियस्तरको सजिलो, सस्तो र उच्चकोटीको चोकोफन जोय चकलेट उपभोग गरी चकलेटको मज्जा लिन सकिने कम्पनीले दाबी गरेको छ।

गुलाबी र बैजनी रङमा प्याकेजिङ्ग गरिएको चोकोफन जोयको डिजाइन आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो जोयको फन्टले चोकोफन जोयको प्याकेजिङ्गलाइ अझ बढी उत्कृष्ट र आकर्षक देखायको कम्पनीको भनाइ छ।

चोकोफन जोय ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध रहेको र यसको १० रूपैयाँको अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथफुल साइजमा बजारमा सर्बत्र उपलब्ध छ।

सुजल फूड्स नेपाल आइएसओ २२०००:२०१८ प्रमाणित भएको र यो लक्ष्मी समूहको प्रमुख भगिनी संस्था हो।

Logo