सोल्टी होटल र इ-सेवाबिच व्यावसायिक सहकार्यका लागि सम्झौता

सोल्टी होटल र इ-सेवाबिच व्यावसायिक सहकार्यका लागि सम्झौता

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । सोल्टी होटल्स तथा रिसोर्टस र इ-सेवाबिच व्यावसायिक सहकार्यका लागि सम्झौता सम्पन्न भएको छ।

सोल्टी होटल्स तथा रिसोर्टसको लोयल्टी प्रोग्राम हेरिटेज क्लबका सदस्यले इ-सेवाबाट सोल्टी होटल्स तथा रिसोर्टसको कुनै पनि होटलमा बसाई बुकिङ तथा खान पान गरे बापत क्याशब्याक र लोयाल्टी पोइन्ट पाउने व्यवस्थाका लागि सम्झौता सम्पन्न भएको हो।

आइतबार इ-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र स्ट्रिम पीक इन्टरनेशनल प्रालिका संचालक तथा सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईंले सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सो अवसरमा बोल्दै इ-सेवाका प्रमुख कार्यकारी अधिकृत खड्काले भने,’सोल्टी होटलले आफ्ना प्रयोगकर्तालाई केन्द्रबिन्दुमा राखेर रिवार्ड पोइन्ट कार्यक्रम सञ्चालन गर्नु आतिथ्य सत्कार क्षेत्रको लागि लागि उदाहरणीय कार्य हुनुको साथै प्रविधिको साथ लिएर आफ्ना प्रयोगकर्तालाई फराकिलो सेवा दिनुले सेवाग्राहीलाई निकै नै सहज र सरल हुनेछ।’

त्यस्तै, सोल्टी होटलका उपाध्यक्ष चापागाईंले भने,’इसेवा र सोल्टी होटल्स तथा रिसोर्टसको यो सहकार्यले सोल्टीको लोयल्टी पोइन्ट प्रयोगकर्तालाई धेरै सजिलो हुने छ। इसेवाका प्रयोगकर्ताहरूले पनि सोल्टी होटल्स तथा रिसोर्टसका विभिन्न सेवा सुविधाहरुको प्रयोगबाट सोल्टीको लोयल्टी प्रोग्राममा आवद्द हुनका लागि समेत बाटो खुलेको छ। साथै इ-सेवाबाट सोल्टी होटल्स तथा रिसोर्टसका सबै होटलहरूमा सहजै बुक गर्न मिल्ने छ।’

Logo