एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
42
Shares

काठमाडौँ । एनएमबि बैंकले वैशाख ५ गते बुधबारको दिन बैंकको बल्खु शाखाबाट सुरु गरी कीर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ।

एनएमबि बैंकले “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय” भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम सम्पन्न गरेको हो।

बैंकले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा, एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल, संचालक जीवनकुमार कट्वाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरिषकुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, कीर्तिपुर महानगरपालिका प्रतिनिधिहरू, बैंकका कर्मचारीलगायत सर्वसाधारण गरी लगभग ७५० जनाको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्रचार्यको उपस्तथिति थियो। कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सम्पदा संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाई रु ५००,००० को सहयोगका साथै कीर्तिपुर महानगरपालिकालाई डस्टविनहरूसमेत हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकले कोशी प्रदेशमा इटहरी चोकदेखि रामधुनी मन्दिरसम्म, मधेश प्रदेशमा जनकपुर शाखादेखि राम मन्दिर, चितवनमा भरतपुर शाखादेखि गणेश धाम, गण्डकी प्रदेशमा जिरो किलोमिटर शाखादेखि तालबाराही मन्दिरसम्म, लुम्बिनी प्रदेशमा गोल पार्कदेखि सिद्धबाबा मन्दिरसम्म र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सुर्खेत शाखादेखि काक्रेबिहार मन्दिरसम्म, महेन्द्रनगर शाखादेखि सिद्धनाथ मन्दिरसम्म र धनगढी शाखादेखि कृष्ण मन्दिरसम्म एकै साथ एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो।

एनएमबि बैंक विगत २७ वर्षदेखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त, एक अग्रणी वित्तीय संस्था हो। एनएमबि बैंक द फाइनान्सियल टाइम्स लन्डनको ‘द ब्यान्कर’ पत्रिकाबाट एसियाकै सर्वाेत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो।

एनएमबि बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ।

Logo