आज सुनको मूल्य घट्याे

आज सुनको मूल्य घट्याे

केन्द्रबिन्दु
168
Shares

काठमाडाैं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेकाे छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने घटेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुन १ लाख ३९ हजार २ सय मूल्यममा काराेवार भएकाे थियाे।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी यता, चाँदीको भाउ १० रुपैयाँले बढेको छ। यस दिन चाँदि प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

Logo