स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन सकिन्छ: मन्त्री भण्डारी

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन सकिन्छ: मन्त्री भण्डारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोमर भण्डारीले स्वदेशी उद्योगको विकासको माध्यमबाट अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक रहेको बताएका छन्।

बिहीबर काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाद्धरा आयोजित कार्यक्रममा उनले सवल र सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरहरु सृजना गर्न आवश्यक रहेको बताए।

उनले भने,‘केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधारहरु आउन थालेको छ। अर्थतन्त्रमा केही सूचकहरु सुधारोन्मुख रहेको वर्तमान अवस्थामा व्यापार व्यवसाय तथा स्वदेशी उद्योग विकासको माध्यमबाट अर्थतन्त्र अझै चलायमान बनाउन आवश्यक देखिन्छ। सवल सक्षम अर्थतन्त्रको विकासका लागि उद्योगी व्यवसायहरुको आत्मबल बढाउँदै नयाँ आर्थिक अवसरहरु सृजना गर्न आवश्यक देखिएको छ। यसले एकातिर अर्थतन्त्रमा सकरात्मक सन्देश प्रवाह गर्छ भने अर्कातिर देशभित्रै रोजगारीको अवसर सृजना हुन्छ।’

मन्त्री भण्डारीले लेखा व्यवसायीहरुको कार्य कुशलतामार्फत बिभिन्न कम्पनी तथा निकायका वित्तिय विवरणहरु यतार्थ र उचित प्रस्तुतीकरणले गर्दा शासकीय प्रवन्ध दिगो र बलियो हुनुपर्नेमा जोड दिए।

उनले व्यवसायीहरुका कारण अर्थतन्त्रमा पारदर्शिता, जवाफदेहीता ,व्यवस्थापकीय संक्षमता एवम् वित्तिय अनुशासन पालना समेत थप प्रभावकारिता हासिल हुँदै गएको पनि बताए।

Logo