६२० किमी रेन्ज दिने प्रिमियम ईभी एसयूभी नेपाली बजारमा, कति पर्छ मूल्य ?

६२० किमी रेन्ज दिने प्रिमियम ईभी एसयूभी नेपाली बजारमा, कति पर्छ मूल्य ?

केन्द्रबिन्दु
126
Shares

काठमाडौं । स्काईवेल गाडीको नेपालका लागि आधिकारिक बिक्रेता जी मोटर्स प्रा.लि.ले प्रिमियम लक्जरी ईभी एसयूभी गाडी सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल ईभी एसयूभी गाडी नेपालमा सार्वजनिक गरेको हो । 

कम्पनीले उक्त अवसर पारेर राधेराधे भक्तपुरमा स्थित स्काईवेल शोरुम पनि उद्घाटन गरेको छ । ६२० किलोमिटर रेन्ज दिने यो गाडीको डेलिभरीको सुरु भएको जी मोटर्स कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले जानकारी दिए । उनका अनुसार प्रिमियम लक्जरी ईभी एसयूभी गाडी करिव ९ थान डेलिभरी भइसकेको छ ।

नाडा अटो शोबाट औपचारिक बुकिङ एवम् ब्रान्डको बिक्री सुरुवात कम्पनीले गरेको थियो । उक्त गाडीले एक पटको फुल ६२० किमीको दुरी तय गर्छ भने डट किलोवाट आवरको ब्याट्री प्याकले ग्राहकलाई सोचे भन्दा आरामदायी यात्रा तय गराउने कम्पनीले बताएको छ । 

यो ईभी गाडी खरिद गर्न चाहने ग्राहकलाई मध्यनजर गर्दै कम्पनीले १ वर्षको निःशुल्क बीमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा ल्याएको गेलालले बताए । उक्त सेवा वैशाख महिनासम्म मात्र लागू हुनेछ । 

विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो क्रेजलाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो । ८६ किलोवाट आवरको ब्याट्री प्याक (लिथियम टर्नोटरी) भएको यस गाडीमा  १५० किलोवाट मोटर क्यापासिटी रहेको छ । गाडीमा अटो पार्किङ्ग, मेट्रीक्स लेजर हेडलाईट, मोसन सेन्सर बेस्ड रियर टेलगेट ओपनर साथै फुल साईज प्यानारोमिक सनरुफ र मुनरुफ आदि आधुनिक फिचरहरू रहेका छन् । 

नेपालमा उपलब्ध ईभी सवारी मध्य सर्वाधिक रेन्ज दिने स्काईवेल  विद्युतीय एसयूभी ईटी भित्र्याएको कम्पनीको भनाई छ । स्काईवेल ईटी छमा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । त्यस्तै, यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ । यसको टप स्पिड १६० प्रतिघण्टा भन्दा बढी छ । जसको मूल्य कम्पनीले १ करोड ९ लाख रुपैयाँ तोकेको छ । 

स्काइवेल ईटी छ विशेष गरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको छ । स्काईवेलका विद्युतीय सवारी जर्मनि, इजरायल, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा विक्री हुँदै आएको कम्पनीले बताएको छ । 

नेपालस्थित चिनियाँ दूतावासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर नियु स्काईवेल न्यु ईनर्जी भेहिकलका चिनियाँ प्रतिनिधि  थोमस जु र जी मोटर्स कम्पनीका अध्यक्ष दुर्गाप्रसाद गेलालबाट संयुक्त रूपमा शोरुमको उद्घाटन गरी गाडीको सार्वजनिक गरिएको थियाे ।

जी मोटर्सले नेपाली बजारमा विभिन्न ब्रान्ड सवारी स्थानीय डिलरका रूपमा बिक्री गर्दै आएको छ । कम्पनीले काठमाडौं र इटहरीमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ ।

Logo