६२० किमी रेन्जको ‘ईभी यसयुभी’ सार्वजनिक

६२० किमी रेन्जको ‘ईभी यसयुभी’ सार्वजनिक

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । जी मोटर्स प्रालिले आधिकारिक वितरकको रुपमा चीनको विश्व प्रख्यात ब्रान्ड स्काईवेल प्रिमियम लक्जरी ‘ईभी यसयुभी’ नेपालमा सार्वजनिक गरेको छ।

६२० किमी रेन्ज दिने, ५ स्टार सेफ्टी रेटिङ्ग प्राप्त रियल ‘इभी यसयुभी’ आज एक समारोह माझ जी मोटर्स प्रालिको राधेराधे भक्तपुरमास्थित स्काईवेल शोरुमको समुदघाटन साथै ९ थान गाडी ग्राहक माझ डेलिभरी गरेको कम्पनीको दाबी छ।

नेपालस्थित् चिनिया दूतावासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सियू, स्काईवेल नूयु ईनर्जी भेहिकलका चिनियाँ प्रतिनिधि थोमस जू र जी मोटर्स प्रालि अध्यक्ष दुर् प्रसाद गेलालबाट संयुक्त रुपमा शो-रुमको उदघाटन गरी गाडी सार्वजनिक गरिएको थियो। गाडी सार्वजनिक गर्दै ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै १ वर्षको नि:शुल्क बिमा, सडक कर, एक्सचेन्ज सुविधामा आकर्षक बोनस र विशेष छुट सुविधा बैशाख महिना भरी रहेको कम्पनी प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए।

विद्युतीय सवारी प्रति उपभोक्ताको बढ्दो चाहनालाई सम्बोधन गर्न कम्पनीले प्रिमियम ब्रान्डको विद्युतीय एसयूभी ल्याएको हो। स्काइवेलका विद्युतीय सवारी जर्मनि, इजरायल्, टर्की र रसिया लगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको कम्पनीले जनाएको छ।

स्काईवेल इटी-५ का प्रीमियम र विशेष विशेषता:
‘स्काइवेल ईटी-५ ले एक पटकको फूल चार्जमा ६ सय २० किलोमिटर रेन्ज दिन्छ । स्काइवेल ईटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। त्यस्तै, यो एसयूभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ। यसको टपस्पिड १६० प्रतीघन्टा भन्दा बढी रहेको छ जसले उपभोक्तालाई उच्च गतीको सवारी ड्राईभिङ्ग अनुभुती दिलाउने’ कम्पनीले जनाएको छ।

स्काइवेल ईटी ५ विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो। स्वाइवेल ईटी ५ मा प्यानारोमिक सनरूफसहित स्क्सक्लुसिभ पेटेन्डेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाइटले उपभोक्तालाई लक्जरी प्रदान गर्ने मबताउँदै कम्पनीले स्काईवेल ईटि५ नेपाली बजारमा १ करोड ९ लाख रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

जी मोटर्सले काठमाडौं र इटहरीमा ८ वटाभन्दा बढी शोरूमबाट २ हजार उपभोक्तालाई सेवा उपलब्ध गराइसकेको छ।

Skip This
Skip This
Logo