स्काईवेल ईटी–५ को बिक्री सुरू

स्काईवेल ईटी–५ को बिक्री सुरू

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । जी मोटर्सले नेपाल ल्याएको इलेक्ट्रिक यसयुभी ईटी–५ को बिक्री सुरु गरिएको छ।

बिहिबार एक कार्यक्रमको आयोजना गरी भक्तपुर राधेराधेस्थित् शो-रुमको उद्घाटन गर्दै कम्पनीले यसयुभी ईटी–५ को बिक्री सुरु गरेको हो।

उद्घाटनको अवसरमा ९ जना ग्राहकलाई गाडी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।

उद्‍घाटन कार्यक्रममा चिनिया दूतावासका ईकोनोमिक एन्ड कमर्शियल कन्सुलर सि यु, स्काईवेल न्यु ईनर्जी मेहिकलका चिनिया प्रतीविधी थोमस जुर र जी मोटर्सका अध्यक्ष दुर्गा प्रसाद गेलाललगायतको उपस्थिती थियो।

आम ग्राहकको उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै एक बर्षको निःशुल्क विमा, सडक कर, एक्सचेन्ज सुबिधामा आकर्षक बोनस र बिशेष छुट सुविधा वैशाख महिना भरी प्रदान गरिने प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले बताए।

स्काईवेल इटी-५ का प्रीमियम र विशेषता:
चिनियाँ ईभी निमार्ता स्काइवेलले उत्पादन गरेको ईटी–५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ। यसमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर दिइएको छ। कारको मूल्य १ करोड ९ लाख रुपैँया निर्धारण गरिएको छ।

यो यसयुभीलाई एकपटक फुल चार्ज गरेपछि ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यति धेरै रेन्ज दिने ईलक्ट्रिक कार नेपाली बजारका लागी पहिलो रहेको कम्पनी भनाई छ।

जर्मनि, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा विक्री हुँदै आएको ईटी–५ एक प्रिमियम इलेक्ट्रिक यसयुभी हो। यसमा इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ र इन्टेलिजेन्ट सेक्यूरिटी लगायत फिचर पाउन सकिन्छ।

प्योर ईभी प्लेटफर्मममा बनेको यो नयाँ ईभीलाई १६० प्रतिघण्टाको उच्च गतिमा हाँक्न सकिन्छ। कारमा प्यानारोमिक सनरुफसहित एक्सक्लुसिभ पेन्टेड स्लिप सिट र मेट्रिक्स लेजर हेडलाई लगायत सुबिधा पाउन सकिन्छ।

Logo